Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भन्सार प्रहरी उपर ज्यादतीको आरोप

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १२, २०७९
In विविध
0

१२ कात्तिक,कलैया : भन्सारबाट लिएको प्रवेश प्रमाणपत्र च्यातेर बारा प्रहरीले ज्यादती गर्ने गरेका आरोप लगाइएको छ । जाँचका नाउँमा प्रहरी युनिट अगाडि नै बाटो जाम गरी ठाउँठाउँमा दैनिक जाँचको नाउँमा सवारी साधनलाई रोकेर प्रहरीले दुःख दिने गरेको पीडितहरुको गुनासो छ । जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी पोष्टहरुले अहिले दैनिक जाँच गर्ने गरेका तथा लामो समयसम्म सवारी साधन रोकेर रकम असुल्ने गरेको पीडितहरुले आरोप लगाएका छन् ।

भारत बाट मटिअर्वा छोटी भन्सारबाट नेपाल आएका बि. आर ०५–एई–८५५९ नं. को मोटरसाइकल धनीलाई तेलकुअवा प्रहरी चौकीले जाँच गर्दा भन्सारको ‘इन्ट्री’ कागजात च्यातेर फालेको भारत विहार राज्यका डुबहा पञ्चायत दारपा थाना बगही गाउँ निवासी सुबोध कुमार सरार्फले बताउनु भयो । उक्त कागज किन च्यातेको भनी सोध्दा तिमीलाई पनि थुनामा राख्ने जवाफ दिएपछि आफू निराश भएको र जाँचमा खटेका तेलकुअवा प्रहरीले मोटर साइकल नियन्त्रणमा लिई जिल्लामा पठाएको उहाँले भन्नुभयो ।

आफूले कुनै कागज नच्यातेको तर मोटर साइकलको कागज नभएका कारण जिल्लामा पठाएको त्यहाँका प्रहरी सहायक निरीक्षक रामबहादुर यादवले जानकारी दिनु भयोे । कागजपत्र ठीक भए पनि जाँचमा खटेका प्रहरीले रकम असुली कार्यमा लागेको जिल्ला पूर्वी-चम्पारण आदापुर औरैया निवासी नैमुदिन आलमको पनि गुनसो थियो ।

आफूले प्रहरीले बोले अनुसारको जवाफ दिएकाले बलतल्ल प्रहरीले छोडेको उहाँको भनाइ थियो । यसैगरी जाँचका क्रममा खटेका प्रहरीले दुई दिनअघि मात्र कागजपत्र ठीक भएपछि बिहानको यात्राका लागि बोहनी गराई दिनुस् भनी अनुरोध आएपछि रु. ३० दिनु परेको महागढीमाई नगरपालिका–४ का दिनेश तिवारीले बताउनुु भयो ।(रासस)

  • 39shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend