काठमाडौँ, १० पुस : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्या देवी भण्डारी समक्ष सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनु हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्री सहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनु भएका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधि सभाको एक सय ६९ सांसदको समर्थन छ । सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिन सक्ने बताइएको छ ।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्