Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भक्तपुर नगरप्रमुख प्रजापति द्वारा रासस तस्बिर प्रदर्शनी अवलोकन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २२, २०८०
In विविध
0

२२ जेठ,काठमाडौँ : भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गणतन्त्र दिवस, २०८० को सन्दर्भमा भद्रकाली स्थित रासस केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नु भयो । तस्बिर अवलोकनपछि मेयर प्रजापतिले आधुनिकताका नाममा धरोहरको रूपमा रहेको हाम्रो सामाजिक तथा सांस्कृतिक पहिचान गुम्ने अवस्था सिर्जना भएको प्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय संस्कृतिलाई उजागर गर्न सहयोग पुग्ने गरी तस्बिर प्रदर्शनी गरेकोमा राससलाई धन्यवाद दिनु भयो ।

राज्यका सार्वजनिक तथा सरकारी संयन्त्र व्यवस्थित, सुदृढ र जनमुखी हुनुपर्दछ भन्ने पक्षमा आफू रहेको उल्लेख गर्दै उहाँले सूचना र सञ्चारको क्षेत्रमा महत्वपूर्ण भूमिकामा रहेको राससलाई सहयोग गर्न भक्तपुर नगरपालिका तयार रहेको बताउनु भयो । राससबाट सम्प्रेषित मुलुकको धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश झल्काउने ७७ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको सो प्रदर्शनी सर्वसाधरण सबैका लागि खुला गरिएको छ ।

बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म अवलोकन गर्न सकिने सो प्रदर्शनी यही जेठ २४ गतेसम्म सञ्चालन हुनेछ । विशेषगरी कला, संस्कृतिको क्षेत्रमा केन्द्रित भई सञ्चालित सो प्रदर्शनीमा पूर्व-राष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रिगण, प्रतिष्ठित व्यक्तित्व सहित आमसञ्चार, चित्रकला, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुची राख्नेहरू र सर्वसाधरण सहभागी हुनु भएको छ । अवलोकन भ्रमणका क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द झाले राससको संरचना, कार्यसम्पादन प्रक्रिया र तस्बिर प्रदर्शनीको सन्दर्भमा जानकारी गराउँदै मेयर प्रजापतिलाई मायाको चिनो प्रदान गर्नु भयो ।

यसैगरी महाप्रबन्धक सिद्धराज राई, नायव महाप्रबन्धक श्यामप्रसाद रिमाल, प्रमुख समाचारदाता उत्तम सिल्वाल, आलेख सेवा प्रमुख कृष्ण अधिकारी, सेवाग्राही शाखा प्रमुख राजाराम कार्कीलगायतका राससका पदाधिकारी एवं सञ्चारकर्मीले मेयर प्रजापति सहितको प्रतिनिधि मण्डललाई स्वागत गर्नुभएको थियो ।(रासस)

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend