२८ जेठ,काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गर्नुभएको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनु भयो ।
उहाँका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली जानुभएको हो । उहाँ उपचार सकेर एकसातापछि स्वदेश फर्कनुहुनेछ ।



















आफ्नो प्रतिकृया दिनुहोस्