Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

तराई–मधेसमा उखरमाउलो गर्मी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २८, २०८०
In विविध
0

२८ जेठ,धनुषा : तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ । दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादव भन्नुहुन्छ, “खेतीपातीको काम त बिहान–बेलुका गर्छौँ ।

विगतमा भन्दा यो वर्ष त साह्रै गर्मी भए जस्तो लाग्छ । पहिला गर्मी हुँदा शीतलमा बस्न ठूलाठूला रुख हुन्थे, अहिले त रूख पनि कहाँ पाउनु ? बुढाले छाता ओड्नुभयो भने म सलको सप्को टाउकोमा हाल्छु, बुढाले टाउकामा फेटा बाँधे म छाता ओड्छु । यो घाम त वर्षौँंदेखि छाता र सप्कोले छल्दै आएका छौँ ।” मिथिला नगरपालिका–६ ढल्केवर निवासीआरती कुमारी भन्नुहुन्छ, “घरबाट निस्किँदा घामबाट जोगिन ‘सनब्लक’ प्रयोग गरेकी थिएँ, पसिनाले सबै गयो ।

छाताले पनि घाम छेक्दैन । अहिले चर्को घाम छ । एकछिन घाममा बस्दा टाउको दुखेर मर्नु न बाँच्नु हुन्छ । घाम सहनुभन्दा अर्को विकल्प नै के छ र ?” महेन्द्रनगरका युवा सोनु मण्डलको भनाइ छ, “जसरी जाडोमा चोक चोकमा दाउरा बाल्ने, निःशुल्क चिया बाँड्ने गरिन्छ, त्यस्तै गर्मीमा पनि केही उपाय निकाल्नु पर्छ । गर्मीमा चोक चोकमा पानीको व्यवस्था गर्नु पर्छ । सडकमा पानी छर्कने व्यवस्था गर्न सके केही सहज हुन्थ्यो । स्थानीय सरकारले यसमा ध्यान दिनुपर्छ ।

बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका घुरन महतो भन्नुहुन्छ, “एकतले घर छ, दिउँसो त तातेर बस्नै नसकिने हुन्छ । सहनै सक्दिनँ, दिनभरि नलको चिसो पानीले नुहाइरहन्छु । गर्मीले परिवारका सदस्यका शरीरभर घमौरा आएका छन् । मलाई पनि अलि अलि घमौरा आएको छ ।”अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनेको छ । जीविकोपार्जनको माध्यम दैनिक ज्यालादारी मात्रै हुने आफूहरूजस्ता मजदुरलाई गर्मीमा काम गर्न निकै कठिन भएको वर्दिवास– ३ का दुर्गा परियार बताउनुहुन्छ ।

विगत १५ वर्षदेखि मजदुरी गर्दै आउनुभएकी उहाँ पछिल्ला वर्षमा बर्खायाममा सहनै नसकिने गरी गर्मी बढ्ने गरेको बताउनुहुन्छ । अहिले तराईका धेरै क्षेत्रमा सरकारी कार्यालयका काम गर्न जान पनि कठिन भएको सेवाग्राहीहरू बताउँछन् । सहरी क्षेत्रमा मानिसहरूको चहलपहल निकै कम देखिन्छ । दिउँसोको समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणको भनाइ छ । दस दिनदेखि गर्मी बढेकाले जनजीवन अस्तव्यस्त हुनाका साथै मधेश क्षेत्रका विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।

गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल बताउनु हुन्छ । गर्मी बढिरहेकै बेला विद्युत् पनि छिनछिनमै आउने–जाने गरेकाले जनजीवन झन कष्टकर बनेको छ । विद्युत् प्राधिकरण जनकपुर शाखाका अनुसार गर्मीमा विद्युतीय उपकरणको प्रयोग बढेकाले विद्युतलाई स्थिर राख्न सकिएको छैन । जनकपुर–९ का विमल मण्डल प्राधिकरणले जानीजानी विद्युत् सेवा अवरुद्ध गरेर सर्व-साधारणलाई दुःख दिइरहको आरोप लगाउनु हुन्छ  । “गर्मीले सीमा नाघिसकेको छ ।

भोल्टेज नहुँदा पङ्खा घिस्रीघिस्री घुम्छ,” उहाँ भन्नुहुन्छ, “आपतका बेला त बिद्युत सेवा यथावत हुनुपथ्र्यो ।” मौसम विज्ञान विभागले तातो हावाबाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिँडडुल नगर्न, हलुका लुगा लगाउन, घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न र पानी तथा झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएको छ । तातो हावाका कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुने लगायत जोखिम बढ्न सक्छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार भैरहवादेखि पूर्व सप्तरी सम्म तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । मधेश प्रदेशका आठवटै जिल्लाको सरदर तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । अपराह्न ४२ डिग्री सेल्सियससम्म पुग्ने तापक्रमले सहरी क्षेत्रमा चहलपहल पातलिएको छ । दिउँसो सडक, बजार र सरकारी अड्डा सुनसान बन्दै आएका छन् । मनसुनी वर्षा सुरू नहुँदा सम्म अत्यधिक गर्मी कायम रहने विभागले जनाएको छ ।

सामान्यतया नेपालमा मनसुन आठ जुनमा सुरु हुन्छ तर यसपटक मनसुन सुरु हुन सकेको छैन मौसम विज्ञान विभागले जेठ १८ देखि असोज १३ सम्मको अवधिलाई मनसुनी समय मानेको छ । गतवर्ष एकसाता अघि नेपालमा मनसुन भित्रिए पनि वर्षा यामका बेलामा भने समयमै मनसुनी वर्षा हुने सम्भावना कम देखिएको मौसमविद् झा बताउनु हुन्छ  । उहाँ भन्नुहृुन्छ, “अरू बेला भारतको केरेलामा जुन १ मा मनसुन सुरु भइसक्थ्यो ।

त्यहाँ अझै मनसुनी प्रणाली विकसित भइसकेको छैन । त्यसैले समयमै मनसुनी वर्षा हुने सम्भावना न्यून छ ।”अहिले जेठ महिना सकिन लाग्योे उखरमाउलो गर्मी छ । गर्मीको समयमा पानीको कमीका कारण एलर्जीको समस्या धेरैमा हुने गर्छ । शरीरमा पानी कमी भयो भने शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन नपाउँदा शरीरका लागि जरुरी अक्सिजन पनि प्राप्त नहुने भएकाले गर्मी या चिसो, हरेक मौसममा पर्याप्त पानी पिउनु पर्नेमा डा. नितेश मण्डल जोड दिनु हुन्छ ।

उहाँ भन्नुहुन्छ, “गर्मीमा शरीरको तापमान नियन्त्रत गर्न पसिनाबाट प्रशस्त पानी बाहिर निस्कन्छ । यसैले यो बेला पानी अझ बढी आवश्यक हुन्छ । पानीको कमीका कारण मिर्गौलाको समस्या समेत बल्झिने सम्भावना हुन्छ । सबैभन्दा बढी समस्या चाहिँ ‘डिहाइड्रेशन’ नै हो ।” जनकपुर प्रादेशिक अस्पतालका फिजिसियन डा. दिग्विजय ठाकुर पनि गर्मीबाट जोगिन पर्याप्त पानी पिउनुपर्ने सुझाव दिनु हुन्छ  । “हावा चलेकाले लु रोकिएको हो,” उहाँ भन्नुहुन्छ, “४० डिग्रीभन्दा माथिको तापक्रममा हावा तेज भए लुको खतरा हुन्छ ।

त्यसपछि त बिरामीको चाप थेग्नै नसक्नेगरी बढ्छ ।” मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अवकास प्राप्त निर्देशक विजय झाका अनुसार पानीको कमीबाट शरीरमा बोसोको मात्रा बढ्ने, पाचनक्रिया कमजोर हुने, शरीरमा विषाक्तपन बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने आदि समस्या निम्तन्छन् । यतिमात्र नभइ प्रतिदिन व्यायाम गर्ने मानिसको शरीरले पानीको खपत बढी गर्छ । यस्ता मानिसका लागि पानीको कमी हानिकारक हुन सक्छ ।

यस्तो अवस्थामा तिर्खा नलागे पनि समय–समयमा पानी पिउनुपर्छ । दिनको आठ गिलास पानी पिउने हो भने डिहाइड्रेशनको समस्याबाट सजिलै बँच्न सकिन्छ । चिकित्सकहरुका अनुसार कतिपय मानिस पानीको साटो सफ्ट ड्रिंक, बियर, कफी, सोडाजस्ता पेयपदार्थ पिउँछन् । तर तरल पदार्थ भए पनि यी चिज स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छन् । यी चिज पिउँदा पनि डिहाइड्रेशन हुन सक्छ । डिहाइड्रेशनका कारण व्यक्तिको सोच्ने तथा चिजलाई सन्तुलिन गर्ने क्षमता र रक्त सन्चारआदिमा कमी आउन सक्छ । मदिरा पिउने व्यक्तिलाई पनि डिहाइड्रेशन हुनसक्छ । (रासस)

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend