Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पाउदुरको पहिरोले छ जिल्लाको लामो दुरिको यातायात सेवा प्रभावित

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १३, २०८०
In विविध
0

म्याग्दी, १३ असार : मध्य पहाडी लोकमार्ग अन्तरगत कास्कीको अन्नपूर्ण गाउँपालिकाको काँडे–नागडाडा क्षेत्रमा पर्ने पाउदुरको पहिरोले केही दिनयता गण्डकीको चार जिल्लाको लामो दुरिको यातायात सेवा प्रभावित बनेको छ । लुम्बीनिको पूर्वी रुकुम रोल्पाको समेत मुख्य राजमार्गको रुपमा रहेको सो सडकको पाउदुर खण्डमा पटक पटक सडक अवरुद्ध हुदाँ सँयौ सवारी साधन र हजारौ जना यात्रुहरु दैनिक आठ देखि दश घण्टा जाममा पेर दुःख पाएका छन् ।

एकतर्फ रुपमा मात्र यातायात सञ्चालन गरिदै आएको साँघुरो सडकमा खसिरहने पहिरो र हिलोमा सवारी साधन फसेर सुत्केरी, बिरामी, जन्ती र यात्रुहरुको बिजोग भएको छ । म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, पुर्वी रुकुम र रोल्पाबाट पोखरा, काठमाडौ लगायत देशका विभिन्न ठाउँमा जाने र आउने यात्रुलाई सास्ती भएको छ ।

वाइट रामबाबु चौधरी, सवारी चालक पहिरो वरपर भएका साना पसलले बाध्यताको फाइदा उठाएर महँगोमा खाजा, खाना बेच्ने गरेको यात्रुले गुनासो गरेका छन् । चार वर्ष अगाडि भासिएको सो सडकमा पहिरो रोकथाम गर्न रु. तीन करोड ५० लाखमा ठेक्का लिएको ओम बुद्ध इन्टरनेशनलसँगको सम्झौताको दोस्रो पटक थपिएको म्याद यही असार ५ गते सकिएको छ ।

हालसम्मको भौतिक प्रगति ३० प्रतिशत मात्र भएको मध्य पहाडी लोकमार्ग आयोजना, कार्यालय पर्वतले जनाएको छ । जम्मा ८० मिटर क्षेत्रलाई स्टेभल बनाउने कार्य अन्तर्गत ६५ मिटरको फाउन्डेसन बनेको छ भने १५ मिटरको काम अझै सुरु भएको छैन् । तत्काल सडक निर्माण हुने नदेखिएपछि पहिरो नियन्त्रणको बैकल्पिक उपाय खोजेर नियमित यातायात सञ्चालनको लागि प्रयास गरिएको आयोजनाले जनाएको छ ।(रासस)

  • 33shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend