काठमाडौँ, २६ असार : सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्क विहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सह-प्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ ।
सोलुखुम्बुको सुर्केबाट विहाना ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्क विहीन भएको थियो । मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार सम्पर्क विहीन हेलिकप्टरमा पाइटल सहित ६ जना सवार थिए ।
उहाँका अनुसार पाँच यात्रु मेक्सिकन नागरिक हुन् । प्रतिकूल मौसमका कारण खोज्न गएको हेलिकोप्टर गन्तव्यमा पुग्न नसकेको जनाइएको छ । (रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्