Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

हेलिकोप्टर दुर्घटना अपडेट : चालक सहित पाँच जनाको मृत्यु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २६, २०८०
In विविध
0

काठमाडौँ,२६ असार: सोलुखुम्बुमा भएको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित त्यसमा सवार पाँच जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । सोलुखुम्बुको सुर्केबाट आज बिहान काठमाडौँ उडान भरेको उक्त हेलिकोप्टर दिउँसो सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक एवं उद्धार समन्वय समितिका संयोजक प्रताप बाबु तिवारीका अनुसार दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन चेत बहादुर गुरुङ सहित पाँच जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार जना म्याक्सिकोका नागरिक रहेका छन् । सो हेलिकोप्टरमा म्याक्सिकोका नागरिक सवार थिए । “दुर्घटनास्थलमा पाँच जनाको शव देखापरेको प्रहरीबाट जानकारी प्राप्त भएको छ ।

यात्रुहरुको उद्धारका लागि परिचालन गरिएका दुई हेलिकोप्टर त्यहाँको मौसम खराबीका कारण दुर्घटनास्थलमा अवतरण गर्न कठिनाइ भएकाले नजिकैको उपयुक्त स्थानमा अवतरण गरी उद्धार गर्ने प्रयास भइरहेको छ”, उद्धार समन्वय समितिद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उद्धार कार्यका लागि स्थानीयवासी सहित सुरक्षा निकायका जनशक्ति समेत परिचालन गरिएको छ ।

महाप्रबन्धक तिवारीका अनुसार काठमाडौँबाट गएका दुई हेलिकोप्टर मौसम खराबीका कारण दुर्घटनास्थलबाट करिब दुई घण्टा दुरीको उपयुक्त स्थलमा अवतरण गरेका छन् । स्थलगत रुपमा हेलिकोप्टर अवतरण गरेको स्थलसम्म शव लगेर त्यहाँबाट ती शव काठमाडौँ ल्याईने उहाँले जानकारी दिनुभयो ।

दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी कलसाईन भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्क विहीन भएको थियो ।(रासस)

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend