Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भारतमा पहिरो परी पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २६, २०८०
In विविध
0

काठमाडौँ, २६ असार : विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतमा पहिरोमा परी तीन नेपाली नागरिकको निधन भएको छ । हिमाञ्चल प्रदेशमा रोजगारी तथा अन्य सिलसिलामा रहेका नेपाली नागरिकसमेत बाढीबाट प्रभावित भएका एवं पश्चिम रुकुम जिल्लाका एकै परिवारका तीन जनाको पहिरोमा परी निधन भएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ ।

निधन भएका नेपाली नागरिकप्रति राजदूतावासले श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । बाढी प्रभावित क्षेत्रमा रहनुभएका नेपाली नागरिकलाई सहायता तथा समन्वय गर्नको लागि भारत सरकार, हिमाचल प्रदेश सरकार त्यहाँ कार्यरत गैरसरकारी संस्था तथा नेपाली समुदायसँग राजदूतावासले निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

हालको बाढी पहिरोको प्रभाव कम नहुँदासम्म प्रभावित क्षेत्रमा रहनुभएका सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन राजदूतावासले आज विज्ञप्ति मार्फत अनुरोध गरेको छ । भारी वर्षाका कारण कुनै पनि नेपाली नागरिक अप्ठेरो स्थितिमा रहेको जानकारी प्राप्त भएमा राजदूतावासको हटलाइन नं ८९२९६०१९२५ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतको उत्तरी क्षेत्र खास गरी हिमाचल प्रदेशको सबैजसो भाग र अन्य राज्यमा समेत बाढी तथा पहिरोमा परी धनजनको क्षति भएको जानकारी प्राप्त भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए छ । भारतको केन्द्रीय सरकार र राज्य सरकारद्वारा उद्धारका कार्य तीव्र गतिमा सञ्चालन भइरहेको समाचार प्रसारण भएका छन् । (रासस)

  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend