काठमाडौं : एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, बालुवाटार प्रकरणमा आँफूले कुनै गल्ति नगरेको दाबी गरेका छन् ।साता लामो युरोप भ्रमणपछि सोमबार बिहान स्वदेश फर्किएका नेपालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आँफूले कुनै बदमासि नगरेको दाबी गरे । उनले भने
‘नबिराउनु नडराउनु मैले केही पनि विराएको छैन् । कुनै बदमासि गरेको छैन् । कुनै अपराध गरेको छैन्, कुनै भ्रष्टचार गरेको छैन् । कुनै पनि लेनदेन गरेको छैन् । यो सबै स्थितिको कारणले गर्दा म आत्तिएको छैन् । र अलि अलि चित्त दुखेको छ । ’
उनले अहिले देश अन्यौलको अवस्थामा रहेको भन्दै उनले छानबिनमा सहयोग गर्न तयार रहेको बताए । ‘के गरौलाँ भनेको के पो भयो भने जस्तो देशको स्थिती छ । बालुवाटार प्रकरणमा त्यो काम कुन प्रधानमन्त्रीको कार्यकालमा भएको हो भनेर भन्ने कुरामा संभवत मेरो नाम अरु भन्दा अग्रपन्तमिा पर्दछ । त्यस्तो केही बदमासि केही भएको छ भने त्यसको छानबिन होस त्यसमा मेरो तर्फबाट के सहयोग गर्नु पर्ने हो मेरो सहयोगी भुमिका रहनेछ ।’ उनले भने ।
उनले आफूलाई भाग्यो भन्ने आरोप लगाइएको भन्दै चित्त दुखाए । ‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो । माधव नेपाल भाग्यो भनेर लेखे । माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपथ्र्यो । राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ ’
उनले नेपाली राजनीतिमा निकै नै जटिला देखिएको भन्दै संसद अवरोध गर्न नहुने बताएका छन् । जारी संसद अवरोधले जनतामा धेरै नकरात्मक सन्देश गएको भन्दै उनले त्यसलाई ध्यानमा राखेर सरकारले काम गर्नु पर्ने उनको भनाई छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्