काठमाडौं : नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले, नेपाली कांग्रेसका सासंद सुनिल शर्माले प्रयोग गरेको आतंककारी शब्द संसदको रेकर्डबाट नहटाए कारबाही गर्ने चेतावनी दिएको छ ।मंगलबार काठमाडौंको माईतीघरमा विरोध प्रर्दशन गर्दै क्रान्तिकारीको असन्तुष्ट समुहका संयोजक पवन कार्कीले संसदले कारबाही नगरे आफूहरुले कारबाही गर्ने चेतावनी दिए ।
उनले भने ‘सुनिल शर्माले बोलेको आतङ्कारी भन्ने शब्द संसदको रेकर्डबाट हटाईएन भने र कारवाही भएन भने हामी चेतावनी दिन चाहन्छौं । आतङककारी के हो अखिर क्रन्तिकारीले देखाउँछ । कारबाही हामी गछौं ।’ शर्मालाई कारबाही गर्नु पर्नेलगायतका विभिन्न प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले सरकारले सांसद शर्मालाई कारबाही गर्न माग गरेका छन् ।
सांसद डा. शर्माको प्रमाण पत्रको छानबिनको हुनु पर्ने उनीहरुको अडान छ ।प्रर्दशन पछिको भेलालाई सम्बोधन गर्दै कार्कीले भने, ‘नक्कली प्रमाण पत्र प्राप्त गरेर मेडीकल माफियाको रुपमा परिचय बनाएका सांसद जो जनजतालाई झुक्याएर भ्रममा पारेर सांसद बनेर संसद भित्र बसेर प्रधानमन्त्री र गृह मन्त्रीलाई आतङ्ककारी भनेर जुन बोली बोलेको छ । त्यसको विरुद्धमा सुनिल शर्माको संसभित्र बोलेको त्यो अभिव्यक्तिको विरुद्धमा र सुनिल शर्माले प्राप्त गरेको प्रमाणपत्र नक्कली भएको पुष्टि भईसकेको छ । त्यसकारण उसलाई कारवाही गर्नुपर्छ ।’
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नक्कली प्रमाणपत्र धारीलाई समेत अदालतले पनि छुट दिएको भन्दै आक्रोस पोखे ।उनले भने, ‘उसले प्राप्त गरेको डाक्टरको प्रमाणपत्रको छानबीन गर्न सिआईबीले नियन्त्रणमा लियो तर विडम्बना पावर र पहुँचको आधारमा र बालकोटको बा को निर्देशनमा नक्कली प्रमाणपत्र धारीलाई अदालतले पनि छुट दिएको छ ।’
सरकारले सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा पक्राउ गरेपनि अदालतले बाहिरै राखेर अनुसन्धान गर्न भन्दै उनी थुनामुक्त भएका थिए ।



















आफ्नो प्रतिकृया दिनुहोस्