काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले ललिता निवास जग्गा प्रकरणमा २ सय ५० जनालाई मुद्दा चलाउन राय दिदै आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ ।मंगलबार सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै पूर्व-उपप्रधानमन्त्री विजय कुमार गच्छदार सहित पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी, डम्बर बहादुर श्रेष्ठ, पूर्व-राज्यमन्त्री सञ्जय साह टक्ला, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेश हरि अधिकारी, नारायण गोपाल मलेगो, युवराज भुसाल सहित सहसचिव, उपसचिव शाखा अधिकृत, सुब्बा र खरिदार सम्मका व्यक्ति विरुद्ध मुद्दा चलाउन राय दिएको छ ।
तर पूर्व-प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी बनाइएन । उनीहरुलाई साक्षीको रुपमा मात्र राखिएको छ ।यस्तै शोभा कान्त ढकाल, राम कुमार सुवेदी, मीन बहादुर गुरुङलाई जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार बनाइएको छ । प्रतिवेदनमा ललिता निवासका तत्कालीन भोगाधिकारी हाटकशमशेर राणालाई पनि प्रतिवादी बनाइएको छ ।प्रतिवेदनमा ढकाल,सुवेदी र गुरुङको योजनामा नै ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्याइएको उल्लेख छ ।
सीआईबीको जग्गा तलमाथि गर्न सहयोगी वातावरण बनाए वापत परिवारका नाममा २२ रोपनी जग्गा घूस लिने भक्तपुर मालपोतका तत्कालीन प्रमुख एवं पूर्व निर्वाचन आयुक्त सुधीर शाह सहितका पूर्वकर्मचारीलाई पनि बिगो, कैद र जरिवाना माग दावी गरिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्