Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपाल भारत कलाकारको संयुक्त प्रर्दशनी सुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ५, २०८०
In विविध
0

काठमाडौं : नेपाल र भारतका कलाकारका चित्रकलाको प्रर्दशनी सुरु भएको छ । नेपाल कला परिषद्को आयोजना र विपी कोईराला ईन्डिया नेपाल फाउन्डेशनको सहयोगमा आजदेखि सुरु भएको प्रदर्शनी काठमाडौं स्थित कला परिषद्को प्रर्दशनी कक्षमा सुरु भएको हो ।

नेपाल र भारतको चेन्नईका चोलामण्डल कलाकारहरुको सहकार्यमा सुरु भएको प्रदर्शनीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबराले नेपाली र भारतीय कलाहरूको गाउँ कला शिविर सह प्रदर्शनी आज देखि १० दिनसम्म चल्ने जानकारी दिए ।

उनले यसपटकको प्रदर्शनमा धेरै पुराना कला र ग्रन्थहरुलाई पनि राखेको भन्दै नयाँ किसिमको काम गरेको पनि बताए । उनले भने, ‘धेरै पुराना कला र ग्रन्थहरु छन् तर त्यो बिग्रिदै गएको छ । त्यसको संरक्षणको दिशा तर्फ पनि हामी गएका छौ । नयाँ किसिमको काम गरेका छौ । पहिला कलाको मात्रै हुन्थ्यो भने अहिले सबै पुराना कलाहरुलाई पनि संरक्षण गर्ने कोशिसमा छौ । काठमाडौं नगरपालिकालगायत अन्य संस्थाहरुसँग पनि कुनै किसिमको सहकार्य गरेर काम गर्ने नीजि क्षेत्रको सहभागिता पनि महत्वपूर्ण भएको छ ।’


उनले नेपाल र भारतबीचको यो कलाकार आदानप्रदान कार्यक्रमले दुई मित्र राष्ट्रबीचको कलाकार र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँने भन्दै यस कार्यक्रमले नेपालको कलात्मक शीपलाई प्रकाश पार्नुको साथै भारतको कला र संस्कृतिलाई बुझ्न मद्दत गरेको बताए ।यसले नेपाली कला र शिल्पको समग्र विकासका लागि पूर्वाधार विकास गर्न पनि प्रेरित र उत्प्रेरित गर्ने उनको भनाई छ ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि भारतीय राजदुताबासका मिसन उपप्रमुख प्रशन्न श्रीवास्तवले नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

  • 30shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend