Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

माओवादी नेता कृष्णबहादुर महरा पनि अनुसन्धानमा तानिने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ६, २०८०
In विविध
0

काठमाडौं : राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच बसेको बैठकले माओवादी नेता कृष्ण बहादुर महरा जोडिएको सुन तस्करीका विषयमा छानविन गर्ने सहमति जुटाएका छन् ।बुधबार प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बसेको बैठकमा माओवादी नेता महरा र उनका छोरा राहुलको नाम जोडिएको इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानविन गर्ने सहमति जुटाएको हो ।

इलेक्ट्रिक सिगरेट भेपमा ९ केजी सुन तस्करी गरिएको प्रकरणमा महरा परिवारको नाम जोडिदै आएको छ । चिनियाँ नागरिक ली हानसोङ २०७९ पुष १० गते फ्लाई दुबईको उडानबाट नेपाल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएको छानविनबाट पुष्टि भएको थियो ।

भेप शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार गोदाममा नै राखेर थप अनुसन्धान अघि बढाइएको थियो । भेप भन्सार गोदाममा रहेको बेला केही कर्मचारीलाई प्रयोग गरी भेप उम्काउन हानसोङ लगायतको सुन तस्कर गिरोहको टोली सफल भएको थियो ।

स्थानीय बजारको भेप लगेर फेर्नु अघि अर्थात सुन भएको भेप छुटाउन महरा बाबु–छोराले भन्सारका कर्मचारी, सुन ल्याउने चिनियाँ नागरिक हानसोङ लगायतका गिरोहका सदस्यसँग बारम्बार टेलिफोन गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

यस प्रकरणमा महराको नाम बारम्बार जोडिदा पनि सरकारले केही नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गर्दै आएका छन् । अझ देउवाले गृहमन्त्री श्रेष्ठलाई सरकारबाट हटाउनु पर्ने माग समेत प्रधानमन्त्री दाहालसमक्ष राखेका थिए ।

  • 25shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend