Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

त्रिशुली बस दुर्घटना : ट्रमा सेन्टरमा उपचाररत ९ मध्ये ३ को अवस्था गम्भीर

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ६, २०८०
In विविध
0

काठमाडौं : धादिङको गजुरी गाउँपालिका २ मा बुधबार बिहान भएको बस दुर्घटनाका घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर बद्रि रिजालले बताएका छन् ।त्रिशुली नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनमा परी घाइते भएका १६ जना मध्ये ट्रमा सेन्टरमा ९ जनालाई उपचारको लागि ल्याइएको हो ।

सो मध्ये तीन जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सक बद्रि रिजालले जानकारी दिए ।उनले भने, ‘गजुरीमा भएको दुर्घटनाका बिरामी हाम्रोमा ९ जना आइपुग्नु भएको छ । त्यस मध्ये तीन जनाको अवस्था अलिकति सिकिस्त छ । त्यो बाहेकको अरु विरामीको अवस्था स्टेवल नै छ ।’काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ बाट त्रिशुली नदीमा खसेको थियो ।


प्रहरीले दुर्घटनास्थलबाट २६ जनाको उद्दार गरेको छ ।
यसैबीच दिनानु दिन हुने सवारी दुर्घटनाबाट नेपालमा वर्षेनी धेरै मानिसले अकाल मृत्युवरण गर्न बाध्य छन् । आर्थिक वर्ष २०८९ /८० मा मात्रै २३ हजार ५९७ वटा सवारी दुर्घटना भएको तथ्यांक प्रहरीमा छ । उक्त दुर्घटनामा ३७ हजार ३९२ वटा सवारी साधनमा क्षति पुगेको छ भने,एक वर्षमा मात्रै २ हजार ३६८ जनाको मृत्यु भएको छ ।

त्यस्तै, सडक दुर्घटनामा परी ५ हजार ७३८ जना गम्भीर र २४ हजार ४८८ जना साधारण घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।नेपालमा बढ्दो सवारी साधन दुर्घटना र त्यसमा परी मृत्यु हुने तथा घाइते हुनेको संख्या बढ्दै गैरहेको अवस्थामा हामीले पूर्व ट्राफिक प्रहरीका पूर्व डिएसपी तथा सडक सुरक्षाविद विपिन गौतमलाई हाइवेमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न कस्ले के गर्नुपर्छ भनेर सोधेका छौं ।


‘सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि चालकले पालना गर्नुपर्ने केही विशिष्ट नियमहरु हुन्छन् ति नियमहरु प्रत्येक चालकहरुले कमसेकम पनि छ महिनामा एक पटक ट्राफिक प्रहरीले सञ्चालन गरेको कक्षा अथवा संघ संस्थाले सञ्चालन गरेको कक्षामा राखेर चालकले शिक्षा लिएभने अहिलेको अवस्थामा कमसेकम सवारी दुर्घटना न्यूनीकरण गर्न जानकारी राख्न सक्नुहुन्छ र दुर्घटना कम गर्न सक्नुहुन्छ । अर्को कुरा सवारी चालकहरुमा अलिकति गति बढाउने र सधैं चलाईरहेको बाटो हो सवारी हो भन्ने जुन धारणा बनेको छ त्यो हट्नुपर्छ । सडक कहिल्यै पनि एकनासको हुदैनन ।उहाँहरुले सधैं सडक दुर्घटनास्थल नै हो भनेर सम्झिनुपर्छ । सवारी चलाउने बेलामा परिवारलाई सम्झिनुपर्छ, यात्री र सवारी साधनको अवस्थालाई पनि जानकारीमा राख्नैपर्छ । यो सबै कुरालाई चालकले ध्यान दिने हो भने पनि दुर्घटनामा कमी आउँछ,’ सडक सुरक्षाविद गौतम भन्छन् ।

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend