Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

रवि लामिछानेको प्रश्न : सुन र जग्गा प्रकरणमा ठूलाहरु पर्ने वित्तिकै छानविन किन सुस्ताउछ ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ६, २०८०
In राजनीति
0

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिभिन्न प्रकरणमा सत्तापक्षका नेताको नाम जोडिने वित्तिकै छानविन सुस्ताएको भन्दै सरकारले भन्ने गरेको सुशासनप्रति नै प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सरकारले सुन तस्करी प्रकरणमा छानविन गरिरहेको प्रहरी प्रमुखलाई सरुवा गर्ने सरकारको निणर्यले सरकारको सुशासनको नाराप्रति नै शंका गर्ने स्पस्ट मौका दिएको बताए ।

उनले भने ‘सरकारले सुशासनको कुरा गर्यो हामीले शंकाको सुविधा दियौ । शंकाको सुविधा दिइरहदा सरकारले भनिरहेको सुशासन कहाँ सम्मको सुशासन हो ? आफ्नो ढोकासम्म आरोप नआइपुग्दा सम्मको सुशासनको कुरा गरेको होकि साँच्चैको सुशासनको कुरा गरेको हो यो गम्भीर प्रश्न बनेर खडा भएको छ ।’

त्यस्तै सभापति लामिछानेले सरकारले आफ्ना मान्छे मुछिने साथै सुन तस्करीमा छानविनलाई सुस्त बनाएको र ललिता निवासको जग्गा प्रकरणमा पनि ठूलालाई सुन पानी हालेर चोख्याएको भन्दै सरकारले भन्ने गरेको सुशासन प्रति नै प्रश्न गरे ।

उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा जति पनि प्रहरी अधिकारी काम गरिरहेको थिए तिनको सरुवा बढुवा भयो । शुसासनको यो प्रमाण पर्याप्त छैन सरकारलाई शंका गर्नको निमित्त ? ललिता निवास प्रकरणमा नम्बरी जग्गा लिएइका मालपोतमा गएर कागजपत्र सबै हेरेका पैसा दिएर जग्गा किनेका मानिसहरु र कर्मचारीहरु जहाजको सिटबाट समातिएर थुनिए निणर्यकर्ताहरुलाई सुनपानी छर्किए जसरी चोख्याएर पठाइयो । सरकारको सुशासन यहि हो र ? सुन प्रकरणमा सत्तारुढ दलका नेताहरुको नाम आउने वित्तिकै सरकार सुस्तायो के सरकारले दिन खोजेको सुशासन यहि हो ?’

त्यस्तै सभापति लामिछानेले सुन प्रकरणमा छानविन गरिरहेको सिआइबीलाई विश्वास गर्न सकिने भए पनि असामान्य रुपमा सक्रिय सरकारका संयन्त्रप्रति भरोसा गर्न नसकिने उल्लेख गरे ।उनले भने, ‘सीआइबीको अनुसन्धानलाई विस्वास नगर्ने भन्ने कुरै छैन् । मात्र यति होकि सीआइबीलाई आफ्नो काम निष्पक्षतापूर्वक गर्नको निमित्त सरकारले कुनै पनि दबाव दिने त होइन शंका सीआइबी प्रति होइन शंका हाम्रो संयन्त्र प्रति हो । जुन बारम्बार दोषीहरुलाई उम्काउन कुनै न कुनै भूमिका निर्वाह गरिरहेको हुन्छ ।’

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend