काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गौवंश देशमा भ्रष्टाचार, महङ्गीको अन्त्यको मागसहित भदौ २७ गते भृकुटीमण्डपबाट बृहत् प्रदर्शनको तयारी गरिरहेको बताएका छन् ।सोमबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौ जिल्ला समितिको बैठक पश्चात अध्यक्ष लिङदेनले देशभर धार्मिक र नागरिक समाजहरुबाट जुन हिन्दुत्वको रक्षा, गौवंश हत्याको विरुद्ध र्यालीहरु प्रदर्शनहरु भईरहेको त्यसमा ऐक्यवद्धताको लागि बृहत र्याली निकाल्ने निर्णय गरेको बताए ।
उनले भने, राप्रपाले अहिले देशभर धार्मिक र नागरिक समाजहरुबाट जुन हिन्दुत्वको रक्षाको लागि, गौवंश हत्याको विरुद्ध र्यालीहरु प्रदर्शनहरु भईरहेको छ त्यसमा ऐक्यवद्धता प्रदर्शन गर्न, देशमा भ्रष्टाचार, महङ्गीको अन्त्यको माग गर्न राज संस्था, हिन्दू राष्ट्रको पुनस्थापना र संघीयताको खारेजी, देशभित्रै युवालाई रोजगारीको सिर्जना जस्ता विषयहरु लिएर भदौ २७ गते भृकुटीमण्डपबाट बृहत प्रदर्शनको तयारी गरिरहेको छ ।
यस्तै, उनले उक्त र्यालीको तयारीको लागि वागमती प्रदेश अध्यक्ष विक्रम थापाको अध्यक्ष आन्दोलन तथा र्याली सञ्चालन परिचालन समिति गठन गरेको पनि बताए ।उनले भने, त्यसको सन्दर्भमा आज काठमाडौं उपत्यकामा उपलब्ध रहनु भएका पार्टीका नेता, कार्यकर्ता साथीहरुको भेला थियो त्यसले वागमती प्रदेश अध्यक्ष विक्रम थापाको अध्यक्ष आन्दोलन तथा र्याली सञ्चालन परिचालन समिति गठन गरेको हो ।
यस्तै, उक्त बैठकमा पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो समय अग्रगमनको नाममा घातक विष जसरी छरिएको छ त्यसको विरोधमा बृहत र्याली निकाल्न लागिएको बताए । उनले भने, देशमा जुन किसिमको शान्ति र स्थिरता थियो त्यो धेरै राम्रो थियो तर पछिल्लो समयमा आएर अग्रगमनको नाममा घातक विष जसरी छरिएको छ ।
त्यसको विरुद्ध तत्कालको समयमा भन्दा गौहत्याको विरुद्ध, संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र पुन स्थापित नगरिकन यो देशको दीर्घकालीन विकास हुदैँन् भन्ने हाम्रो मान्यता हो त्यो मान्यता स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र युवाहरु देशमा रोजगारी उपलब्ध गराउँनको लागि बृहत र्याली गर्दै छौ ।



















आफ्नो प्रतिकृया दिनुहोस्