काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ ।बिहीबार बिहान बसेको बोर्डको बैठकको निर्णय अनुसार बिहान ९ बजे नतिजा सार्वजनिक गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
परीक्षामा सहभागी भएका चार लाख ४४ हजार सात सय ८५ जना विद्यार्थी मध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका छन् ।कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ९२ जना अर्थात् ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका छन् ।
अध्यक्ष शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै, १८६ जनाले चार जीपए ल्याएका छन् ।परीक्षा बोर्डले हिजो नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर,आन्तरिक तयारी नसकिए पछि नतिजा आज सार्वजनिक भएको छ ।
गत चैत १५ गते देखि शुरु भएको एसइईमा नियमित तर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धि तर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।बोर्डले एसइई नतिजा हेर्न परिक्षार्थीका लागि सार्वजनिक सूचना यस अघि नै जारी गरेर जानकारी दिइसकेको छ ।
एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ ।आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०० डायल प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिनेछ ।



















आफ्नो प्रतिकृया दिनुहोस्