४ चैत्र,काठमाडौं: नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले यौैन व्यवसायलाई कानुनी मान्यता दिनु पर्ने भनेर संसदमा राखेको अभिव्यक्तिमाथि आपत्ति जनाएकी छिन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले यस्तो अभिव्यक्तिले समाजलाई अराजकता तिर पुर्याउने भन्दै उक्त भनाइ लाई रेकर्ड बाट हटाउनको लागि रुलिङको माग गरिन् ।
उनले भनिन्,‘हिजो सत्ता पक्षका माननीयज्यूले यौैन व्यवसाय लाई कानुन बनाइ मान्यता दिएर पर्यटक लाई आकर्षण गरी अर्थपार्जन गरौं भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो ।यस्तो चिन्तनको घोर भत्र्सना गर्दछु । यस्तो विचारले अनुशासित र मर्यादीत रुपमा रहेको समाजलाई अराजकता तिर पुर्याउँछ । त्यसैले यो भनाइ लाई रेकर्ड बाट हटाउनको लािग रुलिङको माग गर्दछु ।’
साथै उनले त्यस्तो कार्य गर्नका लागि आफ्नो परिवारबाट अगाडि बढाउनको लागि आँट गर्न सक्नु हुन्छ भन्दै प्रश्न गरिन् । सांसद घिमिरेले हिजो आइतबार मुलुकको अर्थतन्त्र सुधारको लागि र पर्यटकको संख्या बढाउन यौन व्यवसाय लाई व्यवसायीकरण गर्नु पर्ने धारणा राखेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्