२३ बैशाख ,जनकपुरधाम : आज देशभर जानकी नवमी विशेष उल्लासका साथ मनाइँदै छ। वैशाख शुक्ल नवमीका दिन मनाइने यो पर्वलाई जनकपुरधाम लगायत देशका विभिन्न स्थानहरूमा श्रद्धा, भक्ति र विविध धार्मिक कार्यक्रमहरू मार्फत मनाइँदै छ।

माता सीता (जानकी) को जन्मदिनको अवसरमा जनकपुरधाम स्थित प्रसिद्ध जानकी मन्दिरमा बधाइगान, प्राकट्य उत्सव, जानकी डोला यात्रा, तिलकोत्सव र दीप प्रज्वलन जस्ता कार्यक्रम आयोजना गरिएका छन्। जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार आजको दिन मन्दिरमा भक्तजनको उल्लेखनीय उपस्थिति रहेको छ।

यस अवसरमा जनकपुरधाम स्थित ऐतिहासिक दुधमती नदीमा साधु–सन्त तथा भक्तजनहरूले शाही स्नान गरेका छन्। जनविश्वास अनुसार माता सीता पृथ्वीबाट प्रकट भए पछि उनलाई धोत खुवाउन दुधमती नदी उत्पन्न भएको मानिन्छ। रामायणकालमा यस नदीमा दूध बग्ने र सीता माताले त्यही दूध पिउने गरेको धार्मिक विश्वास रहेको छ।

देशभरका सीता मन्दिरहरूमा पनि विशेष पूजा–अर्चना, झाँकी प्रदर्शन र भजन कीर्तन गर्दै जानकी नवमीको उत्सव हर्षोल्लासपूर्वक मनाइँदै छ।
आफ्नो प्रतिकृया दिनुहोस्