२९ वैशाख,काठमाडौं: प्रकृति पूजक किराँत समुदायले आज उभौली पर्व श्रद्धापूर्वक मनाउँदै छन्। बाली-नाली राम्रो सप्रियोस्, अन्नबालीमा समृद्धि आओस्, र पृथ्वीमा खाद्यान्नको अभाव नहोस् भन्ने कामना सहित वैशाख पूर्णिमाका दिन यो पर्व मनाइने गरिन्छ।
किराँत समुदायले मनाउने उभौली र उधौली पर्व कृषि चक्र सँग गहिरो सम्बन्ध राख्ने मौलिक चाड हुन्। वैशाख पूर्णिमामा मनाइने उभौली लाई बाली-नाली रोप्ने र मङ्सिर पूर्णिमामा मनाइने उधौली लाई बाली थन्क्याउने पर्वका रूपमा लिइन्छ। उभौलीको धार्मिक पक्ष अनुसार, सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिको रक्षा गर्ने विश्वास गरिन्छ।
यो पर्व एक महिना सम्म विविध सांस्कृतिक र धार्मिक गतिविधिसहित मनाइन्छ।उभौली पर्वको अवसरमा किराँत समुदायले पारम्परिक चण्डी नाच समेत प्रस्तुत गर्ने गर्छन्। त्यसैले आजको दिन लाई ‘चण्डी पूर्णिमा’ को नामले पनि चिनिन्छ, जसलाई देवी सुम्निमा (पार्वती) को सृष्टि भएको दिनको रुपमा लिइन्छ।यसै दिन, चण्डेश्वरी जात्राको पनि औपचारिक सुरुवात भएको छ।
विशेष गरी काठमाडौं उपत्यका सँग नजिक रहेको बनेपा र त्यस आसपासका क्षेत्रमा यो जात्रा भव्य रूपमा मनाइन्छ। जात्राको क्रममा बाजागाजा सहितको रथ यात्रा आयोजना गरिन्छ, जस अन्तर्गत चण्डेश्वरी मन्दिर सम्म रथ लैजाने र भोलि पल्ट देवीको मूर्ति रथमा राखेर फर्काउने परम्परा रहि आएको छ।चण्डेश्वरी जात्रा वैशाख शुक्ल पूर्णिमाको दुई दिन सम्म भव्य रूपमा मनाइन्छ।



















आफ्नो प्रतिकृया दिनुहोस्