Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मिथिलाञ्चलमा वटसावित्री पर्वको उल्लास : नवविवाहित महिलाहरूका लागि विशेष अवसर

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १२, २०८२
In पर्व
0

१२ जेठ, जनकपुर: आज मिथिलाञ्चलका विभिन्न क्षेत्रहरूमा विवाहित महिलाहरूले धार्मिक आस्था र परम्परागत उत्साहका साथ वटसावित्री (बरसाइत) पर्व मनाइरहेका छन्। विशेष गरी नवविवाहित महिलाहरूका लागि यो पर्व अझै विशेष महत्व राख्दछ।

साँस्कृतिक र धार्मिक चेतनाले ओतप्रोत यस पर्वमा महिलाहरू बिहानै देखि नजिकैको बर (बरगद) को रुख मुनि भेला भएर पूजा, व्रत तथा कथा सुन्ने कार्यमा जुटेका छन्। यो पर्व विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य र सुखमय वैवाहिक जीवनको कामना सहित श्रद्धापूर्वक मनाउने परम्परा रहेको छ।

पर्वका अवसरमा महिलाहरूले नयाँ साडी, ब्लाउज, सिन्दूर, चुरा, लहठी, टीका, साया लगायत श्रृंगारका सामानहरू किन्नुका साथै विशेष पूजाका सामग्रीहरूको तयारी गर्छन्। नव-विवाहित महिलाहरूका लागि यो दिन विशेष मानिन्छ, जसमा बेहुलीको माइती तर्फ बाट पूजाका सामग्री सहित “पाहुर” पठाउने प्रचलन छ – जसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ।

मिथिला संस्कृतिमा वटसावित्री पर्वलाई नारीत्वको आदर्श, मातृत्वको कामना र धार्मिक निष्ठाको प्रतीकको रूपमा लिइन्छ। प्रत्येक वर्ष ज्येष्ठ महिनाको औँसी तिथिमा मनाइने यो पर्व धार्मिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ।

धार्मिक शास्त्रहरू अनुसार, बरको रुखमा ब्रह्मा, विष्णु र महेशको वास हुने विश्वास गरिन्छ। पुराणमा वर्णन गरिएको कथा अनुसार, यस वृक्ष मुनि व्रत बसेर पूजा गर्दा मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ। बर वृक्ष, ठीक पीपलको जस्तै, पवित्रता, अमरत्व र ज्ञानको प्रतीक हो। भगवान बुद्धले ज्ञान प्राप्त गरेको वृक्ष पनि बरकै हो भन्ने मान्यता रहेको छ।

पर्वको दिन महिलाहरूले बरको रुख वरिपरि सूतीको डोरो बाँध्ने, व्रत कथा सुन्ने र पूजा गर्ने प्रथा पुर्याउँछन्। यसले आस्था, एकता र सांस्कृतिक परम्पराको संरक्षणमा टेवा पुर्याउँछ।वटसावित्री पर्वले मिथिला क्षेत्रको धार्मिक चेतना, नारी सशक्तिकरण र पारिवारिक सम्बन्धको महत्वलाई अझ मजबुत पार्दै आएको छ।

  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पर्व

आस्था र श्रद्धाको पर्व ‘चैती छठ’ मिथिलाञ्चलमा सुरु: जलाशयहरूमा बढ्यो चहलपहल

चैत्र ८, २०८२
पर्व

आजवाट होली पर्व आरम्भ,बसन्तपुरमा चीर ठड्याइयो

फाल्गुन १२, २०८२
पर्व

कञ्चनवनमा ‘होरी उत्सव’ सँगै मिथिलामा होलीको रौनकता शुरु

फाल्गुन ११, २०८२
पर्व

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२
पर्व

भाइटीकाको शुभ साइत सार्वजनिक, विभिन्न देशका लागि छुट्टाछुट्टै समय निर्धारण

अशोज ३०, २०८२
पर्व

जनकपुरधाममा विश्वकर्मा पूजा सम्पन्न, सफाई वाहन र दमकलको पनि पूजा

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend