Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गण्डकी कोटिहोममा राधिका दासीको आगमन, देवी प्रतिभालाई भावपूर्ण बिदाइ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १६, २०८२
In धर्म
0

१६ जेठ,पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ अन्तर्गत आज प्रसिद्ध भागवत मञ्जरी राधिका दासीको आगमन भएको छ। उनी जेठ १७ देखि २६ गते सम्म श्रीमद्देवी भागवत कथा वाचन गर्ने कार्यक्रम रहेको छ।

यस सँगै, जेठ १० गते देखि कथा वाचन गर्दै आएकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभालाई भावपूर्ण विदाइ दिइएको छ।

राधिका दासी: “इतिहासमै पहिलो पटक यस्तो दिव्य अवसर प्राप्त भयो”

मोरङमा जन्मिएकी राधिका दासीले यस्तो ऐतिहासिक शतकुण्डीय यज्ञस्थलमा कथा वाचन गर्न पाउनु आफ्नो जीवनकै सौभाग्य भएको बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेकी छन् : “यस्तो ऐतिहासिक कोटीहोम हाम्रो पुस्ताले पहिलो पटक देखेको अवसर हो। म कथा वाचनका लागि आउँदैछु, तपाईंहरू पनि करोडौँ हवनमा सहभागी हुन आउनु होस्, कोटी होममा भेटौंला।”

देवी प्रतिभाको योगदानको सम्मान

महायज्ञकी पहिलो चरणकी प्रमुख कथा वाचिका देवी प्रतिभाले ७ दिन सम्म कथा वाचन गर्दै धार्मिक वातावरणमा योगदान पुर्‍याएकी थिइन्। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले उनलाई सधैँ बहिनीको रूपमा माया दिँदै उनको समर्पण र सहयोगले ऊर्जा मिलेको बताए।

महाराजको आग्रह: “देवी र माताको वाणी श्रवण गर्नु होस्”

श्री विजय कृष्णमूर्तिजी महाराजले देवी प्रतिभाको विदाइ र राधिका दासीको आगमन दुबै लाई ऐतिहासिक क्षणका रूपमा लिँदै श्रवण र सत्सङ्गको अवसर सदुपयोग गर्न सबै भक्तजनहरूलाई आह्वान गरेका छन्।


उनले राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै “माताको मुखबाट श्रवण गरिने देवी भागवत कथा आत्मशुद्धिको माध्यम हो” भन्दै सबैलाई उपस्थित हुन आग्रह गरेका छन्।

  • 14shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२
धर्म

जनकपुर र अयोध्यामा रामनवमीको भव्य उल्लास

चैत्र १३, २०८२
धर्म

आज देशभर चैते दशैँ मनाइँदै, सुरक्षा सतर्कता र विशेष व्यवस्थापन

चैत्र १२, २०८२
धर्म

अन्तः गृह परिक्रमासँगै धार्मिक उत्सवको समापन

फाल्गुन १९, २०८२
धर्म

धनुषाको सतलोक आश्रममा आध्यात्मिक महासमागम तथा अखण्ड पाठको शुभारम्भ

फाल्गुन १४, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend