Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने मिति नजिकिँदै, प्राधिकरणको तयारी अन्तिम चरणमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ३१, २०८२
In अर्थ
0

३१ जेठ,काठमाडौं : नेपाल, भारत र बंगलादेशबीचको त्रिपक्षीय सम्झौता अनुसार नेपालले आगामी शनिबार (असार १ गते) बाट बंगलादेश लाई ४० मेगावाट विद्युत् निर्यात गर्न सुरु गर्नेछ।

गत वर्ष असोज १७ मा सम्पन्न उच्चस्तरीय सम्झौता पछि नेपालले पहिलो पटक १२ घण्टाका लागि बंगलादेशमा विद्युत् बेचेको थियो। तर यस वर्ष तोकिएको मितिमै नियमित रूपमा विद्युत् पठाउने तयारी अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बंगलादेशले दुई साता अघि नै विद्युत् खरिदका लागि आवश्यक ‘एलसी’ (प्रतित पत्र) खोलेको छ। “सम्झौता अनुसार नै असार १ गते देखि विद्युत् पठाउने तयारी पूरा भइसकेको छ,” उनले जानकारी दिए।

सम्झौता अनुसार आगामी पाँच वर्ष सम्म हरेक वर्ष जुन १५ (असार १) देखि नोभेम्बर १५ (मंसीर सुरु) सम्म नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्नेछ।

नेपालले गत वर्ष जस्तै भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन मार्फत बिजुली बंगलादेश पठाउने छ। मुजफ्फरपुरमा रहेको मिटर प्रणाली मार्फत बिजुली भारतको बेहरामपुर हुँदै बंगलादेशको भेडामारा लाइनमा पुग्ने छ।

निर्यातका लागि नेपालले भारतीय अनुदानमा निर्माण भएको २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र आफ्नै सहायक कम्पनी मार्फत बनेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना बाट उत्पादित विद्युत् प्रयोग गर्ने प्राधिकरणले जनाएको छ।

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अर्थ

क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

अशोज २४, २०८२
अर्थ

अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

अशोज १२, २०८२
अर्थ

जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

अशोज २, २०८२
अर्थ

महालेखा परीक्षकको आग्रह – ‘बेरुजु लुकायो वा पठाएन’ भन्ने आशंका नगर्नुहोस्

साउन २३, २०८२
अर्थ

गौर भन्सार कार्यालय बाट लक्ष्य भन्दा कम राजस्व संकलन

साउन ७, २०८२
अर्थ

राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि

साउन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend