१२ असार,जनकपुर ।प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा जनकपुरधाममा दुई दिन सम्म चलेको सम्मेलन समाप्त भएको छ ।
सम्मलेनमा शिक्षाको स्तरमा सुधार गर्नका लागि देशै भरि बाट आएका शिक्षावीद, विभिन्न शैक्षिक निकायका प्रमुख, शैक्षिक निकायका पदाधिकारीहरु बीच छलफल गरिएको थियो । त्यस्तै मधेश प्रदेशको शिक्षाको स्तरोन्नतीका लागि शिक्षावीदहरुले आ–आफ्ना बीचार प्रस्तुत गरेका थिए ।
प्रतिबद्धताहरू
१.मधेश प्रदेश शिक्षानीति, २०८१ को कार्यान्वयन : आवश्यक कानूनी पूर्वाधार तयारी र स्रोत व्यवस्थापन गरी प्रदेश शिक्षा नीतिको सफल कार्यान्वयन गरिनेछ ।
२. विद्यालय बाहिर रहेका जनसंख्याको समावेशीकरण: विद्यालय वाहिर रहेका जनसंख्यालाई विद्यालयएवम् सीप विकास विद्यालयमा समावेश गरी रोजगारी र आत्मनिर्भरता अभिवृद्धिको माध्ययमबाट जनशक्तिमा परिणत गर्न आवश्यक साझेदारी तथा सहकार्य गरिनेछ ।
३. पहुँच, सहभागिता र सिकाइ सुनिश्चता: तीनै तहको सरकार र अन्य साझेदारहरुको समन्वय र सहकार्यमा शिक्षामा विद्यमान पहुँच सहभागिता र सिकाइ उपलब्धिको सबाल लाई सम्बोधन गरिनेछ ।
४. क्षेत्रीय सम्भाव्यतामाआधारित उद्यमशीलता प्रवद्र्धन: स्थानीय सम्भाव्यता पहिचानका लागि क्षेत्रगत सर्वेक्षण गरी सोही आधारमा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न लाई सहकार्य गरिने छ ।
५. विश्व विद्यालय नियुक्तिमा पारदर्शिता र मापदण्ड: विश्वविद्यालयमा नियुक्तिका लागि एकीकृत विश्वविद्यालय सेवा आयोग मार्फत मापदण्ड विकास र कार्यान्वयन गरिने छ, जसले योग्यता र पारदर्शितामा आधारित छनोट सुनिश्चित गर्न पहल गरिने छ ।
६. निरन्तर अनुगमन र जवाफदेहिता: शैक्षिक संस्थाहरुको सम्पत्तिको दुरुपयोग निरुत्साहित गर्न निरन्तर अनुगमन प्रणाली लागू गरिने छ ।
७. पारदर्शिता: नीति. सेवा र प्रक्रिया सम्बन्धी सम्पूर्ण जानकारी वेबसाइटमा सार्वजनिक गरिने छ, जसले सेवा प्राप्तिमा सहजता र पारदर्शिता सुनिश्चित गर्ने छ ।
८. सीप विद्यालय र एकिकृत विश्वविद्यालय सेवा आयोगका लागि कानुनी सुधार: सीप विद्यालय स्थापना तथा एकीकृत विश्वविद्यालय सेवा आयोगको गठनका लागि आवश्यक ऐन संशोधन गर्न पहल गरिने छ ।
९. प्रदेशले स्थापना गरेको विश्विद्यालयहरुको सवलीकरण: प्रदेशले स्थापना गरेको विश्वविद्यालयहरुको सबलीकरण गर्नको लागि पूर्वाधार अनुसन्धान, जनशक्ति तथा स्रोत व्यवस्थापनमा आवश्यक सहयोग गरिने छ ।
१०. शैक्षिक संस्थालाई सशक्तिकरण: सबै शैक्षिक संस्थाहरूलाई व्यवस्थित र आत्मनिर्भर सञ्चालनका लागि सशक्तिकरण र आवश्यक सहयोग प्रदान गरिने छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्