Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाममा ऐतिहासिक जगन्नाथ रथ यात्रा भव्य रूपमा सम्पन्न

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १३, २०८२
In धर्म
0

हजारौं श्रद्धालु भक्तजनको सहभागिता, धार्मिक उत्साहले शहर रमायो

१३ असार,जनकपुरधाम। जनकपुरधाममा शुक्रबार ऐतिहासिक जगन्नाथ रथ यात्रा भव्य रूपमा सम्पन्न भएको छ। जानकी मन्दिरको प्रांगणबाट सुरु भएको रथ यात्रा जनकपुरधामका प्रमुख चोक र मार्गहरूको परिक्रमा गर्दै पुनः मन्दिर परिसरमै पुगेर समापन भएको हो।

जगन्नाथ, बलराम र सुभद्राको मूर्तिहरू राखिएको आकर्षक रथमा भगवानलाई नगर परिक्रमा गराइएको थियो। धार्मिक परम्परा अनुसार, स्कन्द पुराण मा वर्णन भएको कथाका आधारमा भगवान श्रीकृष्ण (जगन्नाथ) बहिनी सुभद्राको आग्रहमा दाजु बलराम सहित नगर दर्शनका लागि निस्किएका थिए। यही प्रसंगको सम्झनामा यो रथ यात्रा मनाउने परम्परा विकास भएको मानिन्छ।

यस वर्षको रथ यात्रा जानकी मन्दिर, विभिन्न धार्मिक संघसंस्था, र स्थानीय जनसमुदाय को संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमका एक संयोजक तथा हिन्दू समाजका युवा समराज नेपालीका अनुसार, कोरोना महामारीको कारण केही वर्ष रोकिएको रथ यात्रा यस वर्ष देखि पुन: निरन्तर हुने भएको छ।

रथ यात्रामा स्थानीयवासी, श्रद्धालु, साधु-सन्त, तथा देश-विदेशबाट आएका पर्यटकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रथयात्राका क्रममा शहरको वातावरण भक्तिमय बनेको थियो भने जनकपुरधामको सांस्कृतिक पहिचान पुन: एकपटक उजागर भएको देखिएको छ।

सुरक्षा व्यवस्थालाई ध्यानमा राखी पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने स्वयंसेवकहरूले भक्तजनलाई सहज रूपमा रथ यात्रामा सहभागी गराएका थिए।

  • 21shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२
धर्म

जनकपुर र अयोध्यामा रामनवमीको भव्य उल्लास

चैत्र १३, २०८२
धर्म

आज देशभर चैते दशैँ मनाइँदै, सुरक्षा सतर्कता र विशेष व्यवस्थापन

चैत्र १२, २०८२
धर्म

अन्तः गृह परिक्रमासँगै धार्मिक उत्सवको समापन

फाल्गुन १९, २०८२
धर्म

धनुषाको सतलोक आश्रममा आध्यात्मिक महासमागम तथा अखण्ड पाठको शुभारम्भ

फाल्गुन १४, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend