भारत धर्म रथ यात्रा : पुरीमा भव्य रथ यात्राको अवसरमा भक्तजनहरूको ठूलो भीड
१३ असार,ओडिशा । पवित्र सहर ओडिशाको पुरीमा श्रद्धा र उत्साहले गुञ्जायमान भएको छ । हजारौं भक्तजन प्रसिद्ध श्री जगन्नाथ मन्दिरको वार्षिक रथ यात्रा पर्वमा सहभागी हुन जम्मा भएका छन् ।
ओडिशाको सबैभन्दा महत्वपूर्ण पर्व मध्ये एक मानिने यो भव्य समारोहले भारत भरिका साथै विदेशबाट पनि भक्तजनहरूलाई आकर्षित गरिरहेको छ ।पर्वको प्रारम्भ विहानै परम्परागत पूजाआजाबाट भएको थियो ।

त्यसपछि भगवान जगन्नाथ, उनका दाजु बलभद्र र बहिनी सुभद्राको तीनवटा विशाल काठका रथहरूलाई शहरका सडक हुँदै गुन्डीचा मन्दिरतर्फ तानिएको थियो ।सजावट गरिएका ती रथहरू श्रद्धालुहरूले डोरी तान्दै अगाडि बढाएका छन् । सबै उमेरका मानिसहरू धार्मिक गीत गाइरहेका, जय जगन्नाथको नारा लगाएर उत्साह थपेका थिए ।
देवता केही दिनका लागि गुन्डीचा मन्दिरमा विश्राम गरिनेछ र त्यसपछि फर्कने क्रममा बहुदा यात्रा गरिनेछ ।पर्व शान्तिपूर्ण र सुरक्षित ढंगले सम्पन्न होस भनेर कडा सुरक्षा व्यवस्था मिलाइएको थियो । सिसीटिभी क्यामरा र व्यापक प्रहरी परिचालन गरिएको थियो ।
यस वर्षको रथ यात्राले फेरि एक पटक भारतको गहिरो आध्यात्मिक परम्परा र जीवन्त सांस्कृतिक विविधतालाई उजागर गरेको छ ।(एएनआइ)



















आफ्नो प्रतिकृया दिनुहोस्