१२ साउन,ललितपुर । ललितपुर महानगरपालिकाको सात दो बाटो स्थित सप्तेश्वर महादेव मन्दिरमा शिव महापुराण शुरु भएको छ ।साउनको दोस्रो सोमबारको अवसरमा कलश यात्रा सँगै शिव महापुराणको शुरुवात गरिएको पण्डित बिजय सिंहले जानकारी दिए ।

उनले साउनको महिना शिवको महिना भएको भन्दै यहाँ वेलपत्र अर्पण गर्ने, तुलादान गर्ने, हवन आदी धार्मिक कर्महरु गरिने बताए ।उनले भने, ‘आज कलश यात्रा सँगै कथा वाचनको प्रारम्भ पनि हुनेछ । श्रावणको महिना मासहरुको मास उत्तम मास श्रावण मासमा शिवजीको अत्यन्तै महत्व छ । श्रावण महिनामा १२ गते बाट २१ गते सम्म शिव महापुराण आयोजना गर्दैछौ । हामीले वेलपत्र अर्पण गर्ने, तुलादान गर्ने, हवन आदी कर्महरु गर्ने इत्यादी धार्मिक कर्महरु गछौं । हाम्रा कलाकारह रुबाट भजन प्रस्तुत गर्ने छौ ।’
यो शिव महापुराण साउन १२ गतेबाट २१ गते सम्म चल्ने छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्