काठमाडौं । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका छन् ।उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नु पर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन,उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर,मूल्य निर्धारणमा कृषकलाई सहभागी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।प्रदर्शनमा बोल्दै उखु उत्पादक संघ महोत्तरी जिल्लाको पूर्व-अध्यक्ष उत्तम सिहं रानाले प्रत्येक बर्ष उखु ७० रुपैँया अनुदानमा पाएका थिए, तर अहिले सरकारले कटौती गरेको भन्दै प्रदर्शन गरेको बताएका छन् ।
उनले जुन रकममा उखु पाइएको थियो अविलम्ब रुपमा सरकार ले भुक्तानी गर्नपर्ने माग गरे ।‘७० रुपैँया जुन अनुदान रकम भन्ने थियो त्यो प्रत्येक बर्ष पाइरहेको थियो । तर यस बर्ष सरकारले कटौती गरि दिएछ । त्यसका विरुद्ध सडकमा आएका हौं । हामीले जुन पाइ आएको रकम छ त्यो अविलम्ब रुपमा सरकारले भुक्तानी गरोस् भन्ने माग राखेका छौँ,’ उनले भने । उखु किसानले यस अघि पनि पटक पटक आन्दोलन गर्दै आइरहेका थिए ।



















आफ्नो प्रतिकृया दिनुहोस्