Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जमराको के छ महत्त्व ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ६, २०८२
In धर्म
0

काठमाडौं । वडादशैंका बेला नेपाली समाजमा टीका र जमराको विशेष महत्व छ । दशैंमा रातो र सेतो टीक लगाउने चलन छ । हिन्दू धर्मावलम्बीहरूले दसैंको नवमीको दिन विधिपूर्वक राखिएको जमराको धार्मिक र वैज्ञानिक कारणहरु रहेको अध्येताहरुको भनाइछ ।

जमरा भनेको जौको अङ्कुर हो र यसको प्रयोग परम्परागत रूपमा विशेष धार्मिक महत्त्वका साथ गरिन्छ । धार्मिक मान्यता अनुसार, जमरा भगवतीलाई अति मन पर्ने प्रिय वस्तु हो ।

संस्कृती अध्येता कीर्तिनाथ मिश्रका अनुसार, ‘जमरा भनेको भगवतीलाई अति प्रिय वस्तु हो । त्यसमा विशेषगरी जौं को प्रयोग गरिन्छ । जौं नभई जमरा हुँदैन ।’ उनका अनुसार जौं तागत दिने अन्न हो र यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्यसैले देवी दुर्गालाई चढाउने प्रसादका रूपमा जौं बाट पलाएको जमरालाई विशेष मानिन्छ ।

दसैंमा घरघरमा विधिपूर्वक राखिने जमरामा जौ सँगै मकै पनि मिसाउने चलन छ । मिश्र भन्छन्, ‘मकै राख्ने परम्परा सर्वसाधारण तथा पाहुनालाई ‘लौ प्रसाद’ भनेर दिने चलनसँग सम्बन्धित छ । मकै मिसाउँदा जमरा झनै आकर्षक देखिन्छ ।’

जमराको औषधीय पक्षमा पनि विशेष ध्यान दिइन्छ । मिश्रका अनुसार,‘जमरा खाएमा शरीरमा सुगर (रक्तमा चिनी) को मात्रा कम गर्न सहयोग गर्छ ।’ यसैले जमराको धार्मिक महत्त्वसँगै स्वास्थ्य सम्बन्धी उपयोगिता पनि छ ।

वर्षौं देखि दसैंको सांस्कृतिक र धार्मिक परम्परामा गहिरो रूपमा जरा गाडेको जमरा, केवल चाडपर्वको शोभा मात्रै होइन, भगवती प्रतिको श्रद्धा, परम्पराको निरन्तरता, र स्वास्थ्यको संकेत समेत हो ।

  • 22shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२
धर्म

जनकपुर र अयोध्यामा रामनवमीको भव्य उल्लास

चैत्र १३, २०८२
धर्म

आज देशभर चैते दशैँ मनाइँदै, सुरक्षा सतर्कता र विशेष व्यवस्थापन

चैत्र १२, २०८२
धर्म

अन्तः गृह परिक्रमासँगै धार्मिक उत्सवको समापन

फाल्गुन १९, २०८२
धर्म

धनुषाको सतलोक आश्रममा आध्यात्मिक महासमागम तथा अखण्ड पाठको शुभारम्भ

फाल्गुन १४, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend