Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘घटस्थापना र जमरा राख्ने प्रचलनमा सांस्कृतिक र वैज्ञानिक कारण छ’ : पण्डित न्यौपाने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ६, २०८२
In धर्म
0

जनकपुरधाम : आश्विन शुक्लपक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिन देखि नवरात्री आरम्भ हुने गर्दछ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवी देवताको आह्वान गरिन्छ  ।

आश्विन शुक्ल प्रतिपदा देखि लिएर पुर्णिमा पर्यन्त सम्म १५ दिन यसलाई शरदीय नवरात्र भनेर भनिएको पण्डित उत्तम न्यौपानेको भनाइ छ  । शरद पूर्णिमामा शरद कालिन समयमा आउने भएका कारणले गर्दा यसलाई शरदीय नवरात्रको रुपमा मानिएको पनि उल्लेख गरे ।

आश्विन शुक्ल प्रतिपदा देखि लिएर पूर्णिमा पर्यन्त सम्म १५ दिन शरदकालिन समयमा आउने भएका कारणले शरदीय नवरात्रको रुपमा मानिएको उनले बताए । परापूर्व कालमा चैत्र शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म दशैं मनाउने प्रचलन थियो । तर त्यो मौसम बसन्त ऋतुको आगमन सँग सँगै अतिसार हुन लागेका कारणले यसलाई सारिएको अवस्था पनि भगवान रामको प्राकट्यता चैत्र शुक्ल नवमीको दिनमा रह्यो ।

प्रथमत घटस्थापनामा घडा स्थापना गरिन्छ । जौं, सप्त बीजधान्य रोपण गरिन्छ । पंच पल्लवी आदिले घडाहरु सजाइन्छ । अनि दियो कलश गणेश गरेर प्रत्येक दिन सप्तशती चण्डीको पाठ गरेर शक्ति आर्जन गर्ने देवीलाई इच्छा मनोकामना पूर्ण गर्दिनु होस् भनेर पुजा आरधना गरिन्छ । त्यो पाठलाई नवरात्र भनिन्छ ।

वैदिक संस्कार संस्कृतिमा नौवटा द्वारहरु रहेका छन् । जुन नौ दिन पर्यन्त देवीको आराधना गर्ने गरिन्छ । देवीका स्वरूपहरु फरक फरक प्रकृतिका हुन्छन् । अनि विजयको रुपमा अयोध्या नगरीको विजय उत्सवका रुपमा मानिन्छ । रामले रावणलाई वध गरिसके पछि रातो टिका नौ दिन पर्यन्त सम्म लगाइएको, पुजा गरिएको, पहेंलो जमारा लगाइएको कुरा शास्त्रहरुमा उल्लेख छ । 

साथै ठुलाबडा व्यक्तिहरु बाट पाँच दिन सम्म आशिर्वाद थाप्ने र अन्तिम दिनमा शरद पूर्णिमाको दिनसम्म लाई कोजाग्रत पूर्णिमा भनिन्छ । वडा दशैंमा विशेष नौं दिन रहन्छन् र अरु पाँच दिन भनेको आशिर्वाद ग्रहण गर्ने, छोरीचेली, ज्वाई छोराहरु भेटघाट गर्ने अर्थात् ठूलाबढाहरुका घरमा जाने गरिन्छ ।

जमरा राख्ने विधि

घटस्थापना जसलाई हामीले घडाको स्थापना गर्ने दिनलाई घटस्थापना भन्ने गर्छौं । जहाँ गंगा जललाई पूर्णरुपमा भर्ने अनि घडा स्थापना गर्ने अर्थात करुवाहरु स्थापना गर्ने गरिन्छ । नसक्नेले माटोको घडाहरु स्थापना गर्ने, त्यसपछि पञ्चतत्व पाँचवटा गाईको गोबरले ठाडो पारेर टीका लगाए जस्तो बनाइन्छ । अन्नमा जौं प्रतिकका रुपमा रहेको छ भने जौंलाई घटस्थापना गर्दा विधिवत रुपमा फूलमाला, धूपबत्ती, नैवेद्य भेटी आदि राखेर पूजा गरिन्छ ।

दशैंको प्रथम दिन देखि नै चालिसाहरु पाठ गर्दै पूजा गरिन्छ । रक्त चन्दन, अबीर, केशरी, जौं, तिल, फूल, अक्षता, धुप बत्ती, नैवेद्य, भेटी पुष्पमालाहरु दक्षिणाहरु चढाएर फलफूल, नैवेद्य, भेटी गरेर शंख घण्ट मृदुङ्गा बजाएर प्रात: समयमा दुर्गामाता,  काली, जगत जननीको पुजा गरिन्छ । अनि सन्ध्याकालिन समयमा पनि धुप, बत्ती, नैवेद्य, बेटी गर्ने र सन्ध्या आरती गर्ने गरिन्छ । घटस्थापना भन्नु वा नवरात्र भनेको नौ वटा रात्रीहरुमध्ये घटस्थापना भनेको प्रथम दिनलाई जनाइन्छ ।

आश्विन महिना लागिसकेपछि शरदीय नवरात्रको आगमन सँग सँगै खेत बारीहरुमा फलफूल, सागसब्जी, बोडी, फर्सी, घिरौंला प्रसन्न हुने गरेको पाइन्छ ।  खेतमा पहेंलपुर रुपमा धान पाक्न थाल्छ । हिन्दु संस्कृति–संस्कार प्रकृतिको पुजक हुन् ।(पण्डित उत्तम न्यौपाने)

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२
धर्म

जनकपुर र अयोध्यामा रामनवमीको भव्य उल्लास

चैत्र १३, २०८२
धर्म

आज देशभर चैते दशैँ मनाइँदै, सुरक्षा सतर्कता र विशेष व्यवस्थापन

चैत्र १२, २०८२
धर्म

अन्तः गृह परिक्रमासँगै धार्मिक उत्सवको समापन

फाल्गुन १९, २०८२
धर्म

धनुषाको सतलोक आश्रममा आध्यात्मिक महासमागम तथा अखण्ड पाठको शुभारम्भ

फाल्गुन १४, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend