Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आज स्वस्थानी व्रत समापन, देशभर विधिपूर्वक पूजा–आराधना

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १८, २०८२
In धर्म
0

१८ माघ,जनकपुरधाम : माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमा देखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको स्वस्थानी व्रत आज मध्याह्नकाल पछि पूजा गरी समाप्त गरिँदै छ ।

पौष शुक्ल पूर्णिमा देखि नित्य मध्याह्नकालमा पार्वती सहित महादेवको पूजा गर्दै आएका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्।सोही अवधि देखि स्कन्द पुराण अन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्परा पनि आज अन्त्य हुँदै छ।

विधिपूर्वक एक महिने व्रत बसेका बर्तालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रत सफल होस् भनी भगवतीलाई अघ्र्य दिने परम्परा छ।

चढाइएका प्रसाद मध्ये सबैबाट आठ–आठ वटा प्रसाद पति, पति नभए छोरा र छोरा पनि नभए मित छोरालाई दिने तथा केही नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा बहाउने विधि रहेको छ।बर्तालुले सय रोटी फलाहार गरी रातभर जाग्राम बस्ने परम्परा पनि छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसो गरेमा मनोआकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायण पछि ध्यान र योग साधनाका लागि उपयुक्त समय भएकाले ‘स्वस्थान’ अर्थात् आत्मासँग सम्पर्क गर्ने अभ्यासलाई स्वस्थानी भनिएको विश्वास पनि छ। पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्मको समय यसका लागि उत्तम मानिन्छ।

व्रतकथा अनुसार सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हात भएकी, कमल र सिंहासनमा विराजमान देवीलाई स्वस्थानी देवी भनिन्छ। चार हात मध्ये एकमा नीलकमल, अर्कोमा खड्ग, तेस्रोमा ढाल र चौथोमा वरदमुद्रा रहेको उल्लेख छ। यस्ती देवीको व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोगव्याध निको हुने र इच्छाएको जीवनसाथी प्राप्त हुने विश्वास प्रचलित छ।

स्वस्थानी कथामा सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानी व्रत गरेको उल्लेख छ। व्रतको प्रभावले बिछोडमा परेका नाग–नागिनीको पुनर्मिलन भएको कथा समेत वर्णन गरिएको छ।

साँखुको ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रत विधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति पाएकी थिइन्। व्रतकै प्रभावले उनका छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) का राजा बनेको कथासमेत स्वस्थानीमा उल्लेख छ।

साँखुको शालीनदीमा पौष शुक्ल पूर्णिमा देखि सुरु भएको माधव नारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदै छ। यस व्रतमा करिब १६२ महिला र १५ पुरुष सहभागी छन्। आजको दिनलाई नेवार समुदायले ‘सि पुन्हि’का रूपमा पनि मनाउने गर्दछन्।

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२
धर्म

जनकपुर र अयोध्यामा रामनवमीको भव्य उल्लास

चैत्र १३, २०८२
धर्म

आज देशभर चैते दशैँ मनाइँदै, सुरक्षा सतर्कता र विशेष व्यवस्थापन

चैत्र १२, २०८२
धर्म

अन्तः गृह परिक्रमासँगै धार्मिक उत्सवको समापन

फाल्गुन १९, २०८२
धर्म

धनुषाको सतलोक आश्रममा आध्यात्मिक महासमागम तथा अखण्ड पाठको शुभारम्भ

फाल्गुन १४, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend