Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

१५ दिने मिथिला माध्यमिकी परिक्रमा विधिवत शुरु, जनकपुरधाममा भक्तजनको ठूलो भीड

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ४, २०८२
In धर्म
0

४ फागुन,जनकपुर । नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धको महत्वपूर्ण सेतुका रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा आज देखि विधिवत रूपमा शुरु भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका–ठेरा कचुरीबाट भगवान् श्रीराम र माता जानकीको डोला सहित परिक्रमा प्रारम्भ गरिएको हो । उद्घाटन समारोह मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले डोला उठाएर गरेका हुन् । कार्यक्रममा धार्मिक अगुवा, साधुसन्त, स्थानीय जनप्रतिनिधि तथा हजारौँ श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

परिक्रमाको पहिलो दिन जनकपुरधाम स्थित हनुमाननगरमा विश्राम गरी सहभागी साधुसन्त तथा भक्तजनहरूले भोलि पल्ट बिहान पूजापाठ सम्पन्न गरेर भारतको बिहार राज्य स्थित कल्याणेश्वर तर्फ प्रस्थान गर्ने छन् । परिक्रमा मार्ग अनुसार सहभागीहरू फूलहरको गिरीजास्थान, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता (क्षीरेश्वरनाथ), धनुषाधाम, औरही, विशौल हुँदै पुन: कल्याणेश्वर पुग्नेछन् । त्यसपछि फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किएर पाँच कोशे अन्तर्गृह परिक्रमा सम्पन्न गरेपछि यो धार्मिक यात्रा समापन हुनेछ ।

हरेक वर्ष आयोजना हुने यस परिक्रमामा भक्तजनहरूले नेपाल र भारतका विभिन्न तीर्थस्थल हुँदै करिब १३३ किलोमिटर दूरी पैदल यात्रा गर्ने परम्परा रहेको छ । धार्मिक विश्वास अनुसार त्रेतायुग देखि चली आएको यस यात्राले भगवान् राम–जानकीको विवाह र मिथिलाको पौराणिक परम्परासँग गहिरो सम्बन्ध राख्ने मानिन्छ । परिक्रमा अवधिभर भजन–कीर्तन, रामकथा, प्रवचन तथा धार्मिक सांस्कृतिक कार्यक्रमहरू आयोजना हुने गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले रामायण सर्किट विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको बताए । उनले जनकपुरधाम र अयोध्या बीच धार्मिक तथा पर्यटन सम्पर्क विस्तार गर्न भारतका सरोकारवाला सँग प्रत्यक्ष छलफल गर्ने योजना रहेको उल्लेख गरे । साथै जनकपुरधाम विमानस्थल विस्तार गरी अयोध्यासँग प्रत्यक्ष हवाई सम्पर्क कायम गर्ने योजना प्रदेश सरकारले अघि बढाएको जानकारी पनि दिए ।

सो क्रममा “मिथिला माध्यमिकी परिक्रमा हाम्रो मिथिलाको पहिचान र आस्थाको ठूलो प्रतीक हो । यसले नेपाल–भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउँछ । परिक्रमा अवधिमा यहाँ आउने श्रद्धालुहरूले हाम्रो संस्कृति, परम्परा र अतिथि सत्कारलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउँछन्, जसले स्थानीय पर्यटन र अर्थतन्त्रलाई पनि ठूलो टेवा पुर्‍याउँछ ।” महोत्तरी लोहारपट्टीका स्थानीय शिक्षक सुभाष कुमार मण्डलले बताए ।

परिक्रमा अवधिभर श्रद्धालुहरूको सुरक्षा, भीड व्यवस्थापन, स्वास्थ्य सेवा, खानेपानी र सरसफाइका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वयंसेवक समूह तथा धार्मिक संस्थाहरू सक्रिय रहेका छन् । परिक्रमा क्षेत्रमा नि:शुल्क भोजन सेवा (भण्डारा) र स्वास्थ्य शिविरहरू सञ्चालन गरिएको छ । मिथिला माध्यमिकी परिक्रमा मधेश प्रदेशकै सबैभन्दा ठूलो धार्मिक उत्सव मध्ये एक मानिन्छ, जसले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्र र व्यापार व्यवसायलाई समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

  • 61shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२
धर्म

जनकपुर र अयोध्यामा रामनवमीको भव्य उल्लास

चैत्र १३, २०८२
धर्म

आज देशभर चैते दशैँ मनाइँदै, सुरक्षा सतर्कता र विशेष व्यवस्थापन

चैत्र १२, २०८२
धर्म

अन्तः गृह परिक्रमासँगै धार्मिक उत्सवको समापन

फाल्गुन १९, २०८२
धर्म

धनुषाको सतलोक आश्रममा आध्यात्मिक महासमागम तथा अखण्ड पाठको शुभारम्भ

फाल्गुन १४, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend