Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘भारत गौरव पर्यटक रेल’ जनकपुरमा, पर्यटकलाई मुख्यमन्त्री राउतद्वारा भव्य स्वागत

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ९, २०७९
In प्रदेश
0

९ असार, जनकपुरधाम:‘भारत गौरव पर्यटक रेल’मा आएका भारतीय पर्यटकलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट गत मङ्गलबार हिँडेको सो रेल आज दिउँसो १ः४५ बजेतिर जनकपुरधाम आइपुगेको हो ।

जनकपुरधाम स्थित रेल्वे स्टेशनमा रेल आइपुगेलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग वन तथा पर्यटनमन्त्री सत्रुधन महतो, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास लगायतले रेलमा आएका भारतीय पर्यटकलाई फूलमालाले भव्य स्वागत गर्नुभयो ।

भारतीय पर्यटकलाई स्वागत गर्दै मुख्यमन्त्री राउतले यसप्रकारको धार्मिक यात्राबाट दुवै देशको सम्बन्ध अझ प्रगाढ बन्ने र जनकपुरधामको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटकको स्वागतमा प्रदेश सरकारले कुनै कमीकमजोरी हुन नदिने उल्लेख गर्दै उहाँले यसबाट प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

‘भारत गौरव पर्यटक रेल’मा आएका करिब ६०० भारतीय पर्यटकले जनकपुरधामको विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने र आज राति जनकपुरधाममै बास बस्ने कार्यक्रम निर्धारण भएको जानकी मन्दिरका उत्तराधिकारी दासले जानकारी दिनुभयो ।

रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूपी झल्को देखिन्छ ।युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदास्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवद्र्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगलकालीन प्राचीन संरचनालगायत गुजरातमा अवस्थित ‘स्टैच्यु अफ युनिटी’, दिल्लीमा रहेको नेसनल बार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्विरले सजाएको जनाइएको छ ।

त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलङ्काका धार्मिकस्थललाई एउटै मार्गले जोड्न भारतले रामायण सर्किटको अवधारणा ल्याएको हो । अयोध्याका राम स्वयंवरका लागि जनकपुरधाम आउँदा र सीतासँग विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थललाई जोड्ने मार्गलाई रामायण सर्किट भनिएको छ ।

  • 46shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend