Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेस प्रदेश : लापरबाही गर्नेलाई कारबाही गर

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २१, २०७९
In प्रदेश
0

२१ असार,जनकपुरधाम :जनकपुरधाम स्थित प्रादेशिक अस्पतालले जाँचै नगरी शल्यक्रिया गर्दा बिरामीको ज्यान खतरामा परेको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न मधेस प्रदेशका प्रदेशसभा सदस्यले माग गरेका छन् । प्रदेशसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै प्रदेशसभा सदस्यले कुनै जाँचै नगरी पित्तथैली शल्यक्रिया गर्दा गर्भवती महिला बिभा चौधरीको स्वास्थ्य अवस्था जटिल भएकाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

प्रदेशसभा सदस्य परमेश्वर साहले पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गराउन प्रादेशिक अस्पतालमा भर्ना भएकी महोत्तरीकी बिभाको स्वास्थ्य जाँच नगरी चिकित्सकले शल्यक्रिया गर्दा उहाँको जीवन खतरामा पुगेको बताउनुभयो । शल्यक्रिया अघि भिडियो एक्सरे, एक्सरे गर्ने गरिन्छ, तर बिभाको शल्यक्रिया अघि अस्पतालले कुनै किसिमको जाँच गरिएको छैन”, प्रदेशसभा सदस्य साहले भन्नुभयो, “यो घटनामा चिकित्सकको चरम लापर्बाही देखिन्छ, चिकित्सकले संवेदनशीलता नदेखाएकाले गर्भवती महिलाको ज्यान खतरामा पुगेको छ ।

त्यसैले घटनाको सत्यतथ्य छानबिन गरेर चिकित्सकमाथि कारबाही गर्नुपर्छ ।” बिभाको घटनाले मधेस प्रदेशको स्वास्थ्य अवस्थालाई उजागर गरेको भन्दै प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले लापर्बाही गर्ने प्रादेशिक अस्पतालका चिकित्सवलाई तत्काल कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य मनिषकुमार सुमनले बिभाको जीवनसँग चिकित्सकले खेलवाड गरेको आरोप लगाउनुहुँदै शल्यक्रियामा संलग्न चिकित्सक मुख्य दोषी रहेकाले तत्काल छानबिन गरेर दोषी चिकित्सकको लाइसेन्स खारेज गर्नुपर्ने माग गर्नुभयो ।

घटनामा चिकित्सकको लापर्बाही देखिए पनि अहिले चिकित्सकले शल्यक्रिया मैले गरेको होइन, मैले गरेको होइन भनी पन्छिन खोजेको आरोप लगाउनुहुँदै प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले घटनाको छानबिन गरेर दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग गर्नुभयो । यसैबीच प्रदेशसभाको बैठकले घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन मधेस प्रदेशसभाअन्तर्गत महिला, बालबालिका तथा सामाजिक न्याय समितिलाई निर्देशन दिएको छ ।

सभामुख सरोजकुमार यादवले प्रादेशिक अस्पतालमा भएको सो घटना छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिनुभयो ।

बजेटमाथि छलफल जारी

मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि प्रदेशसभा बैठकमा आज दोस्रो दिन पनि छलफल जारी छ । प्रदेशसभाको बैठक सरकारद्वारा प्रस्तुत बजेटमाथिको छलफल प्रारम्भ भएको हो । आजको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले प्रदेश सरकारले करको दायरालाई बढाउनुपर्ने बताउनुभएको छ ।

आजको बैठकमा प्रदेशसभा सदस्य रामअशिष यादव, परमेश्वर साह, शिवचन्द्र चौधरी, किशोरी साह (कमल), जानकीशरण साह, शारदा थापा, रानी शर्मा तिवारी, प्रमिलादेवी यादव र मदनसेन श्रीवास्तवलगायतले सरकारद्वारा प्रस्तुत आव बजेटमाथि आफ्नो धारणा राख्नुभयो । प्रदेशसभाको अर्काे बैठक भोलि असार २२ गते दिउँसो ३ बजे बस्ने र सो बैठकमा पनि बजेटमाथि छलफल जारी रहने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।(रासस)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend