काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदरी दिएका गणेश पराजुलीले, संसदीय अभ्यासलाई जोगाउन आफूले उम्मेद्वारी दिएको दाबी गरेका छन् ।आईतबार अबेर साँझ, नेपाल न्युज बैंकसंग कुरागर्दै उनले, स्वार्थका लागि सबै दलहरु भागबण्डामा लागेकाले राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय प्रणालीको सम्मानका लागि सभापतिमा उम्मेद्वारी दिएको जिकिर गरे ।
रास्वपा कहिल्यै पनि भागबण्डाको राजनीतिमा विश्वास नगर्ने जिकिर गरेका उनले अहिले संसदको प्रमुख प्रतिपक्ष दल नै रास्वपा भएको प्रमाणीत भएको बताए ।काठमाडौं–७ बाट निर्वाचित रास्वपा सांसद गणेश पराजुलीले सोमबार हुने संसदीय समितिमा पार्टीको तर्फबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्।राप्रपासहितका अन्य सबै दलले समिति सभापतिमा भागबण्डामा उम्मेद्वारी दर्ता गरेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्