Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

राज संस्था, हिन्दू राष्ट्रको पुनस्थापना र संघीयताको खारेजीको माग गर्दै राप्रपाले वृहत् प्रदर्शन गर्ने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १८, २०८०
In राजनीति
0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गौवंश देशमा भ्रष्टाचार, महङ्गीको अन्त्यको मागसहित भदौ २७ गते भृकुटीमण्डपबाट बृहत् प्रदर्शनको तयारी गरिरहेको बताएका छन् ।सोमबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौ जिल्ला समितिको बैठक पश्चात अध्यक्ष लिङदेनले देशभर धार्मिक र नागरिक समाजहरुबाट जुन हिन्दुत्वको रक्षा, गौवंश हत्याको विरुद्ध र्‍यालीहरु प्रदर्शनहरु भईरहेको त्यसमा ऐक्यवद्धताको लागि बृहत र्‍याली निकाल्ने निर्णय गरेको बताए ।

उनले भने, राप्रपाले अहिले देशभर धार्मिक र नागरिक समाजहरुबाट जुन हिन्दुत्वको रक्षाको लागि, गौवंश हत्याको विरुद्ध र्‍यालीहरु प्रदर्शनहरु भईरहेको छ त्यसमा ऐक्यवद्धता प्रदर्शन गर्न, देशमा भ्रष्टाचार, महङ्गीको अन्त्यको माग गर्न राज संस्था, हिन्दू राष्ट्रको पुनस्थापना र संघीयताको खारेजी, देशभित्रै युवालाई रोजगारीको सिर्जना जस्ता विषयहरु लिएर भदौ २७ गते भृकुटीमण्डपबाट बृहत प्रदर्शनको तयारी गरिरहेको छ ।

यस्तै, उनले उक्त र्‍यालीको तयारीको लागि वागमती प्रदेश अध्यक्ष विक्रम थापाको अध्यक्ष आन्दोलन तथा र्‍याली सञ्चालन परिचालन समिति गठन गरेको पनि बताए ।उनले भने, त्यसको सन्दर्भमा आज काठमाडौं उपत्यकामा उपलब्ध रहनु भएका पार्टीका नेता, कार्यकर्ता साथीहरुको भेला थियो त्यसले वागमती प्रदेश अध्यक्ष विक्रम थापाको अध्यक्ष आन्दोलन तथा र्‍याली सञ्चालन परिचालन समिति गठन गरेको हो ।

यस्तै, उक्त बैठकमा पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो समय अग्रगमनको नाममा घातक विष जसरी छरिएको छ त्यसको विरोधमा बृहत र्‍याली निकाल्न लागिएको बताए । उनले भने, देशमा जुन किसिमको शान्ति र स्थिरता थियो त्यो धेरै राम्रो थियो तर पछिल्लो समयमा आएर अग्रगमनको नाममा घातक विष जसरी छरिएको छ ।

त्यसको विरुद्ध तत्कालको समयमा भन्दा गौहत्याको विरुद्ध, संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र पुन स्थापित नगरिकन यो देशको दीर्घकालीन विकास हुदैँन् भन्ने हाम्रो मान्यता हो त्यो मान्यता स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र युवाहरु देशमा रोजगारी उपलब्ध गराउँनको लागि बृहत र्‍याली गर्दै छौ ।

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend