Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

ठिक ठाउँमा ताकेर मिसाइल हानेको छु :ओली

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १६, २०८०
In राजनीति
0

काठमाडौं : आफ्ना विभिन्न सन्दर्भ संग्रहित ‘संसदमा केपी शर्मा ओली’ ग्रन्थको मंगलबार राजधानीमा भएको लोकर्पण कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका पक्षमा बोल्दा आफू अनियन्त्रित हुनु कमजोरी भएता पनि विचारमा कुनै त्रुटि नरहेको बताएका छन् ।


राजनीति लोकतन्त्रको लागि चाहिने र लोकतन्त्र जनताको लागि भएको उल्लेख गर्दै उनले त्यसलाई ठगी खाने भाँडो बनाउन खोजे लोकतन्त्र नटिक्ने बताएका छन् ।ओलीले भने ‘राजनीति केलाई चाहिन्छ भन्दा लोकतन्त्रलाई चाहिने हो । लोकतन्त्र जनता र समाजलाई, देशलाई चाहिन्छ । जसले समाज,देश र जनताको लागि काम गर्दैन दुई चार जना नेताको ठगीखाने भाँडो हुन्छ लोकतन्त्र भने त्यो लोकतन्त्र फेरि टिक्दैन ।’


लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने उल्लेख गरेका उनले कहिलेकाँही लोकतन्त्रले नै धक्का खाने बताए । तर, आफूले निरन्तर संसदमा बोल्दा लोकतन्त्र र जनताको पक्षमा बोलेकोे भनाइ उनको छ । ओलीले संसदमा बोल्दा वा आफ्नो भाषण गर्दाका समय विचार उत्तेजक भए पनि आफूले लोकतन्त्र र जनताको पक्षमा बोल्ने क्रममा अनियन्त्रित हुने गरेको स्वीकारे ।


उनीप्रति ‘अनकन्ट्रोल मिसाइल’ जस्तै भाषण गर्ने व्यक्ति जस्तो लाग्छ भनेर गरेको टिप्पणी प्रति ओलीले भने, ‘दाहालजीले मलाई अनकन्ट्रोल मिसाइल भनेजस्तै मैले ड्याङड्याङ मिसाइल हान्दिने हो, त्यस पाराले बोलेँ । तर, यसको अर्थ सावधानीको कमी हो मेरो विचारमा त्रुटि होइन । मैले ठिक ठाउँमा ताकेर मिसाइल हानेको छु । तर, एउटा हान्दा पुग्ने ठाउँमा पाँच सातवटा हानेँ ।’

विभिन्न कालखण्डमा अविचलित रुपमा अत्यन्तै निष्ठापूर्वक देश, जनता र सुशासनको पक्षमा राजनीति गर्दै आएको दाबी गर्दै उनले त्यही धारलाई निरन्तरता दिने बताउँदै ‘मैले राजनीति गर्दा देखि अहिले सम्म अत्यन्तै निष्ठाको साथ गरेको छु र एक धारमा मेरो विचारहरुको प्रवाह भएको छ । चाहे त्यो ४८ साल होस्, ५८ साल होस्, ६८ होस्, ७८ होस् । चाहे आगामी दिनमा होस् । त्यो एउटै धारमा मेरो राजनीति गएको छ । त्यो देश, जनता र सुशासनप्रति निष्ठाको धारमा गएको छ,’ ओलीले भने ।


आफ्ना लागि देश र जनता भन्दा ठूलो अरु केही नभएको उल्लेख गर्दै उनले राजनीति भन्दा माथि देशको हित पार्नेगरी नीति बनाउनु पर्नेमा जोड दिदैं उनले संसद र बाहिर जहाँ बोले पनि आफूलाई माथि पार्न नभएर देश र जनतालाई माथि पार्न बोलेको चर्चा गरे ।


पार्टी अध्यक्ष ओलीले आफू मतभारमा नअल्झिएको जिकीर गर्दै भने, ‘म कुनै मतभारमा अल्झिएको छैन । मतभारभन्दा ठूलो कुरा देश हो जनता हो । देश र जनताका हितका निम्ति नीतिहरु बन्नुपर्दछ । नीतिका कारण देश र जनताका हितमा बोल्न सकिँदैन भन्ने हुँदैन । देशको हित जेसुकै होस् पहिले आफ्ना नीति पुष्टि गर्ने भनेर गरेका कामहरु मूर्खतापूर्ण हुने गर्दछन्,’ ।लोकार्पण गरिएको ग्रन्थमा ओलीले आज सम्म संसदमा बोलेका विषयवस्तु लाई संग्रहित गरिएको छ ।

  • 16shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend