जनकपुरधाम,(आशिष कुमार मंडल):लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय समितिको बैठकमा प्रस्तुत कार्यपत्र उपर शीर्ष नेताहरुको छलफल पछि पारित भएको निर्णय बारे पार्टी अध्यक्ष महन्थ ठाकुरले जनकपुरको जेसिज सभाहलमा एक प्रेस विज्ञप्ति मार्फत जनतालाई जानकारी गराएका छन्।

कार्यपत्रमा संघियताको पूर्ण कार्यान्वयन ,अधुरो संविधानको संशोधन ,नागरिकता सम्बन्धि समस्याहरु ,निर्दोष रहेका मधेशी आन्दोलनकारीहरु को सजाय प्रति असहमति ,मधेश आन्दोलन समयको प्रतिवेदन सार्वजनिक ,उच्च पदस्थ अधिकारि अन्य सहितको सम्पति जाँच,किसानहरु लाई समयमै उचित अनुदान ,उपभोक्ता लगायत उधोगहरुको बाँकी भुक्तान ,भारत संग विधुत व्यापार समझौताको स्वागत ,B.R.I.समझौता को विरोध ,नेपाल भारत सिमामा आमनागरिकहरु लाइ दिइने नाहकको दु:ख साथै आउने दिनमा जिल्ला,पालिका एवं वडाहरुमा पार्टी सुदृढ़ीकरण अभियानलाई द्रुत गतिले पार गर्दै आगामी ६ महिना भित्र विधान अधिवेशन तथा १ वर्षमा पार्टी अधिवेशन गर्ने निर्णय सम्बन्धि पत्रकारद्वयहरुको जिज्ञाशा उक्त पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ठाकुरले प्रस्ट पारे।

सो पत्रकार सम्मेलनमा लोसपा नेपालका केन्द्रिय नेता एवं पुर्व मन्त्रि शरत सिंह भण्डारी , वरिष्ठ सह-अध्यक्ष सर्वेन्द्रनाथ शुक्ल,वरिष्ठ उपाध्यक्ष जीतेन्द्र सोनल ,महामन्त्री परमेश्वर साह ,प्रदेश सांसद रानी शर्मा ,हंसपुर का पुर्व मेयर रामज्ञान मण्डल ,नेपालUNHRकाउन्सिल का अध्यक्ष तुलसी थापा, पार्टीका लोकप्रिय नेता,सदाशिव मिश्र ,सरिता शर्मा सहित वरिष्ठ नेतागणहरुको उपस्थित रहेको थियो भने पत्रकार सम्मेलनको व्यवस्थापन पार्टी सचिव राज कुमार साह (राजु) ले गरेका थिए।





















आफ्नो प्रतिकृया दिनुहोस्