Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : सभापति लामिछाने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ३०, २०८१
In राजनीति
0

काठमाडौं : गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र दलका मन्त्रीहरुले तीन महिना सरकारमा बसेर कुनैपनि नराम्रो काम नगरेको ठोकुवा गरेका छन् ।उनले सरकारमा आफ्नो दल काम गर्नकै लागि गएको उल्लेख गर्दै काम गर्न सक्ने वातावरण नबने सरकारमा बसिरहनु पर्ने आवश्यकता नरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टी (नेसपा)को स्थापना दिवस कार्यक्रममा सभापति लामिछानेले भने, ‘यो तीन महिना सरकारमा बसेर हामीले के राम्रो गर्यौं मलाई थाहा छैन । तर, केही पनि नराम्रो गर्नु भनेको सबैभन्दा राम्रो गर्नु हो । देशमा । म छाती ठोकेर भन्न सक्छु तीन महिना सरकारमा बसेर मेरो दलका मन्त्रीहरुले एउटा पनि नराम्रो काम गरेका छैनन् । कति राम्रो काम गरिन्छ त्यो हेर्दै जाने कुरा हुन् ।’

डा. बाबुराम भट्टराईको राजनीतिक हुटहुटीको सम्मान गर्न कार्यक्रममा सहभागी भएको बताएका लामिछानेले आफ्नो समयमा डा.भट्टराईले आफ्नो पद् र जिम्मेवारीमा सकेजति काम गर्ने व्यक्तिको उदारहण भएको बताए ।

वितगमा माओवादीले व्यवस्था बदल्न गरेको परिवर्तनको नेतृत्व गर्दा भट्टराई र प्रचण्डको नियत के थियो भन्ने नजाने पनि उनीहरु दुईको एक आदेशमा देशका लागि ज्यानको बली दिने योद्धाको सम्मानका लागि पनि व्यवस्थालाई बलियो बनाउन लागेको चर्चा लामिछानेले गरे ।

यस्तै, लामिछानेले सँगै मञ्चमा बसेका जनमतका अध्यक्ष सीके राउतले निर्वाचन प्रणाली परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने आन्दोलनको लागि तयार हुन रविलाई गरेको आग्रह प्रति जवाफ दिँदै भने, ‘मलाई आन्दोलन बाट परिवर्तन गर्ने कुरामा असहमत हुनुपर्ने कुरामा केही छैन् । तर, नागरिकलाई दुःख दिने कुरामा म सहमत छैन । अब जनताले दुःख पाउने होइन्, नेताले दुःख पाउनुपर्यो ।’ उनले थपे, ‘नागरिकलाई दुःख नदिइ हामीले गर्नुपर्ने परिवर्तनका लागि तयार छौं ।’

उनले प्रदेश नेताहरुलाई तह लगाएर राख्ने पार्किङस्थल जस्तो भएको उल्लेख गर्दै त्यसमा सुधार गर्दै जानुपर्नेमा जोड दिए ।उनले व्यवस्था भित्र तागत भएको तर इमान्दारि पूर्वक काम गर्ने दलको प्रतिबद्धतालाई भुल्न नहुने धारणा राखे । 

लामिछानेले काम गर्न सक्दासम्म सरकारमा बस्ने र नसक्दा निस्कने प्रष्ट पारे ।उनले भने, ‘सकेको काम गर्नकै लागि हामी सरकारमा सहभागी छौं । नसक्दा या अनावश्यक कसैको भारी बोक्न पर्यो भने त्यहाँ बसिरहनु पर्ने केही आवश्यकता छैन।’

  • 20shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend