काठमाडौं : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा सनसनी मच्चिएको थियो ।सोमबार दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्क विहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि तारा एअरले विज्ञप्ति नै निकालेर प्रष्टिकरण दिनु परेको हो ।
‘आज मिति २०८१।०३।१७(जुलाइ ०१, २०२४)का दिन केही अनलाइन पत्रिका र गलत मनसायका व्यक्तिले बदनीयतपूर्वक सामाजिक संजालमा करिब मितिको समयमा ‘तारा एअरको पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्क विहीन’ भनी गलत समाचार तथा पोष्टहरु हालिएको पाइएकाले उक्त गलत र भ्रमपूर्ण समाचार सत्य नभएकाले कृपया त्यस्ता गलत र भ्रमपूर्ण समाचार पछि नलाग्न सम्पूर्ण सरोकारवालामा अनुरोध गरिन्छ,’ तारा एअरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यता, पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्क विहीन भएको भन्ने हल्ला एकाएक फैलिए पछि कम्पनी तनावमा रहेको र कर्मचारीहरु अतालिएका थिए । तारा एयरसँग हाल तीन वटा जहाज रहेका छन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्