१८ असोज,काठमाडौं:संघीयता विज्ञ डा.अच्युत वाग्ले ले नेपालका कुनै पनि राजनीतिक दलमा संघीयता बुझेका एक जना पनि नेता नभएको टिप्पणी गरेका छन् ।शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रम लाई सम्बोधन गर्दै डा.वाग्ले नेपालको संविधानमा समन्वयात्मक संघीयता उल्लेख गरिएको भए पनि त्यस्तो ‘छेस्को’समेत लागु नभएको बताएका हुन् । संघीयताका विषयमा व्यापक छलफल गर्नु पर्ने उनको भनाइ छ ।
उनले भने, ‘कुनै पनि राजनीतिक दलमा संघीयता भनेको के हो भनेर राम्रो सँग जानकारी भएको मान्छे एक जना पनि छैनन् । कोही भए देखाइ दिनुस् न मलाई । हाम्रो संविधानमा तीनै तहको सरकारलाई कोअपरेटिभ फेडेरेलिज्म भनेको छ । त्यो भनेको हामीले अभ्यास गरि रहेका छौं त्यो भन्दा विल्कुलै फरक विषय हो । हामी कहाँ त समन्वयतमक संघीयताको छेस्को पनि छैन । यस विषयमा कहीं पनि बहस भएको छैन । राजनीतिक दलको घोषणा पत्रमा बहस भयो कि ? पार्टीको बैठकमा बहस भयो ?’
स्थानीय तहहरु लाई अधिकार पुर्ण बनाएर सोही अनुसारको काम कारबाही प्रदान गर्नु पर्ने वाग्लेले बताए । त्यस्तै, उनले सामाजिक सुरक्षा वितरण अस्वभाविक भएको उल्लेख गरे ।मान्छेको आर्थिक हैसियतको आधारमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनु पर्ने उनको भनाइ छ ।
उनले भने, ‘सामाजिक सुरक्षाको केही हक स्थानीय सरकार लाई पनि दिनु पर्छ । खरो रुपमा भन्ने गरेको छु–अर्बपतिले सामाजिक सुरक्षा उही पाउने अनि सुकुम्बासीले पनि उही पाउने भयो क्या । मलाई तीन हजार चाहिन्थ्यो होला । सुकुम्बासीका मानिस लाई ६ हजार आवश्यक पथ्र्यो होला । अर्बपति लाई एक हजार भए पनि हुन्छ । न्यायोचित हुनु पर्दछ नि ।’



















आफ्नो प्रतिकृया दिनुहोस्