०३ कार्तिक,पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने लाई प्रकाउ गरिएको विरोधमा पोखरामा प्रदर्शन जारी छ । रास्वपाको आह्वानमा आज पोखराको मानव अधिकार चोकमा प्रदर्शन भएको हो । शुक्रबार प्रहरीले सभापति लामिछाने लाई पक्राउ गरे पछि पार्टीका नेता तथा कार्यकर्ताहरूले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका हुन् ।
पोखराको चिप्ले ढुंगा स्थित मानव अधिकार चोकमा रास्वपाको नेता कार्य कर्ताले विरोध सुरु गरेका हुन् ।प्रदर्शन कारीले ‘राजनीतिक प्रतिशोध बन्द गर्, भ्रस्टहरू लाई कारबाही गर्, सहकारी पीडित लाई न्याय दे’ जस्ता प्लेकार्ड बोकेका छन्।
दुई तिहाइको सरकारले दम्भ देखाएर पार्टी सभापति लाई पक्राउ गरेको प्रदर्शन कारीहरूको भनाइ छ ।प्रदर्शन पछिको कोण सभा लाई सम्बोधन गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सरकारले अदालतमा समेत आफ्नो मान्छे राखेर मन परी गरेको आरोप लगाएका छन् ।
शनिबार पोखरामा प्रर्दशन पछिको कोणसभा लाई सम्बोधन गर्दै प्रवक्ता झाले सरकार अब नाङ्गिएको बताएका हुन् । उनले भने, ‘यो सरकारले सबै ठाउँमा आ–आफ्ना मान्छे पुर्याउने, आफ्नो कार्य कर्ता भर्ती गर्ने काम गरि रहेको छ । हुँदा हुँदै अदालतमा पनि आफ्नो कार्य कर्ता पुर्याएको छ । यसको परिणाम हामीले देखि सकेका छौं यो सरकार नाङ्गिएको छ ।’
झाले नेपाली कांग्रेसको महामन्त्री गगन थापा लाई पनि धन्यवाद दिंदै व्यंग्यात्मक रुपमा भने,‘गगन थापा तिमी पनि नाङ्गियौं अब, किनकी अब देशमा युवा पुस्ताले राजनीतिक गर्नु पर्छ भनेर २० वर्ष देखि राजनीति गर्दै आएको मान्छे किन बोल्न सक्दैनौं । नयाँ दल, पढे लेखेका मान्छे, यहीँ राजनीतिक अभ्यास गर्न चाहने मान्छे देखेर किन आत्तिएको रु’
यस्तै उनले भुटानी काण्डमा मान्छे लाई बेचेर सरकारले आफ्नो मन्त्री बनाएको होइन भनेर प्रश्न गरे । उनले शेर बहादुर देउवा लोकतन्त्रको सबै भन्दा ठूलो ठग भएको आरोप लगाएका छन् ।
उनले भने, ‘भुटानी काण्डमा मान्छे लाई बेचेर सरकारले मन्त्री बनाएको होइन रु सदियौं देखि भ्रष्ट लिएर हिँड्ने प्रवृति हाबी भइ सकेको छ । शेर बहादुर देउवा त सबै भन्दा ठूलो ठग हुन । लोकतन्त्रको सबै भन्दा ठूलो ठग हुन । त्यसको जवाफ हामीले दिनै पर्छ ।’



















आफ्नो प्रतिकृया दिनुहोस्