Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

५ हजार मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र मेरा पिकमा स्वास्थ्य क्लिनिक सञ्चालनमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १७, २०८१
In विविध
0

१७ कार्तिक,काठमाडौं: सोलुखुम्बुको दुर्गम हिमाली भेग  मेरा पिक क्षेत्रमा  स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ । हिमाल आरोही र ट्रेकिङमा जाने पर्यटकहरू लाई लक्षित गरेर महाकुलुङ गाउँपालिका, वडा नं. २, खारेमा क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

मेरा पिक आरोहणमा निस्किएका पर्यटक र उनीहरू लाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ पहिलो पटक ५ हजार मिटर माथिको उचाइमा उक्त क्लिनिक स्थापना गरिएको हो । गाइड, भरिया र स्थानीय बासिन्दा लक्षित मेरा क्लिनिकु नाम बाट स्थापना गरिएको स्वास्थ्य क्लिनिक शुक्रबार बाट सञ्चालन ल्याइएको हो ।

वरिष्ठ स्वास्थ्य सहायक राम बहादुर भैया र डा. मिलन सिंह पाण्डेको नेतृत्वमा सञ्चालित यस संस्थाले महाकुलुङ क्षेत्रका दुर्गम भूगोल र कठोर जीवनयापन लाई सहज बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको प्रति क्रिया दिएका छन् ।

विश्व प्रसिद्ध हिमाली सौन्दर्य र चुनौती पूर्ण भूगोलको प्रतीक मेरा पिक क्षेत्र साहसिक पर्यटनको हब बन्दै गर्दा स्वास्थ्य क्लिनिकको स्थापनाले थप सहज भएको स्थानीयको प्रति क्रिया रहेको छ । स्वास्थ्य सेवा नहुँदा गम्भीर बिरामीको जोखिमका कारण मेरा पिकका लागि आउने भरिया, गाइड, र पर्यटकले असुरक्षित महसुस भएको बताउँदै आए पनि क्लिनिकको स्थापना पछि सहज हुने टुरिस्ट गाइडु नुरु शेर्पा बत्ताउँ छन् ।

क्लिनिकको स्थापना अघि यस क्षेत्र बाट नजिकको स्वास्थ्य सेवा लिनका लागि मात्र चार दिनको लामो पैदल यात्रा तय गर्नु पर्ने थियो । अब भने उक्त ४ दिने सकस पूर्ण बाटो तय गर्नु पर्ने छैन ।

साधारण चिकित्सा परामर्श, आकस्मिक औषधि सेवा, प्रसूति, स्त्री रोग तथा फोरेन्सिक चिकित्सा जस्ता सेवाहरू प्रदान गर्ने यस क्लिनिकले आवश्यक पर्ने सेवा नि:शुल्क उपलब्ध गराउने छ । भरियाहरूका लागि विशेष सुविधा उपलब्ध गराएर उनीहरूको जीवनको सुरक्षामा थप योगदान पुर्याउने लक्ष्य पनि क्लिनिकले लिएको छ ।

यस क्षेत्रमा विगतमा स्वास्थ्य सेवाको अभावकै कारण बर्सेनि धेरैले ज्यान गुमाइ रहेको र  मौसम खराब हुँदा हेलिकप्टर उद्धार सम्भव नभए पछि, गम्भीर बिरामीहरूले जोखिम मोलेर पैदल यात्रा गर्नु पर्ने बाध्यता लाई चिर्न क्लिनिक सफल हुने वरिष्ठ स्वास्थ्य सहायक राम बहादुर भैया र डा. मिलन सिंह पाण्डे बताउँ छन्।क्लिनिकले महिला स्वास्थ्यको लागि पनि सेवा उपलब्ध गराउने जनाएको छ ।

  • 20shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend