२८ कार्तिक,काठमाडौं: नेपालमा समलिङ्गी विवाह लाई मान्यता दिनु सामाजिक, सांस्कृतिक एकता लाई भत्काउने विदेशीको षड्यन्त्र भएको सरोकार वालाहरुले बताएका छन् ।बुधबार काठमाडौंमा ‘नागरिक सरोकार नेपाल’ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले सर्बोच्च अदालत विदेशीको प्रभावमा परेर समलिङ्गी विवाह लाई मान्यता दिएको आरोप समेत लगाएका हुन् ।
बक्ताहरले नव निर्वाचित अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समलिङ्गी सम्बन्धको विरोधी भएको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो विवाह गरे मृत्यु दण्ड दिँदा समेत नेपालमा किन भन्ने प्रश्न पनि गरेका छन् ।राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य डा.केबी रोकायाले नेपालमा सर्बोच्च अदालतको एकल इजलासले दिएको अन्तरिम आदेश कै भरमा समलिङ्गी विवाह दर्ता हुनु दूर्भाग्य भएको बताए ।
रोकायाले देश लाई दीर्घकालीन् असर पार्ने मुद्धामा सर्बोच्चको एकल इजलासको आदेश माथि आसंका गर्ने ठाउँ भएको बताउँदै भने,“जिल्ला र उच्चले कानुन नभएको भन्दै इन्कार गरेको विषयमा सरकार लाई कुन शक्तिले त्यस लाई कार्यान्वयन गर्न विवष पार्यो ?”
‘रुसमा समलिङ्गी विवाह गरिए मृत्यू दण्ड दिने व्यवस्था रहेको छ, युगाण्डाले समलिङ्गी विवाह बिरोधी कानुन पास गरे पछि अमेरिकाले आर्थिक नाका बन्दी लगायो, यूरोपियन यूनियनले सम्पूर्ण सयहयोग र बिश्व बैंकले ऋण बन्द गरे, अब भन्नुस यो एजेण्डा कसको हो’ रोकायाले भने ।
उनले नेपालमा विदेशीहरुले जबर्जजस्त लादेको बताउँदै संसारमा २१० वटा राष्ट्रहरु मध्ये ३५ वटा देशहरुमा मात्रै यस किसिमको विवाह लाई मान्यता दिइएको र नेपाल एसिया मै पहिलो राष्ट्र भएको प्रति डा.रोकायाको चिन्ता व्यक्त गरे ।
समाजसेवी डा.सुन्दर थापाले नेपाल लाई कमजोर बनाउन विदेशीले लादेको एजेण्डा लाई कानुनी मान्यता दिन बाट रोक्न ब्यापक जन दबाब रहेको बताए । थापाले आफूहरु समलिङ्गी नागरिकहरु प्रति नकारात्मक नभएको तर प्राकृतिक, सामाजिक, संस्कृतिक, धार्मीक र मौलिकता लाई विखण्डन गर्ने योजनामा आएको विदेशी षड्यन्त्रको विरोधमा रहेको स्पष्ट पारे ।
नेकपा (एमाले)का युवा नेता प्रकाश रोकायाले सदियौं देखि नेपाल र नेपाली बीच भाँजो हालेर देश लाई विखण्डन तथा कमजोर गर्ने योजना सफल नभए पछि अहिले समलिङ्गी सम्बन्धको षड्यन्त्रकारी विदेशी योजना भएको आरोप लगाए । उनले नेपालका मुख्य राजनीतिक दलहरुको यस सम्बन्धमा आधिकारिक धारणा आउनु पर्ने माग समेत राखे ।
आयोजक नागरिक सरोकार नेपालका कार्यकारी निदेर्शक डा.जोमेश वडले नेपालमा पछिल्लो समय समलिङ्गी विवाह, भू्रण हत्या तथा लिङ्ग परिवर्तन जस्ता भयावह विकृतिहरु मौलाएकोमा चिन्ता व्यक्त गरे ।
वडले वर्षेनी ९० हजार भू्रण हत्या हुने गरेको बताउँदै भने,‘भ्रुण हत्या छाँदैछ अब लिङ्ग परिवर्तन अनि समलिङ्गी विवाहले नेपालको जनसंख्या रित्याएर समाज र देश कमजोर बनाउने एजेण्डा लाई कुनै पनि हालतमा खारेज गर्नु पर्छ ।’
नागरिक सरोकार नेपालका सचिव विदुर अधिकारीले नेपालको मौलिकता मासेर विदेशी एजेण्डा लाई आङ्गाल्नेहरु लाई पहिचान गरेर सार्वजनिक गर्नु पर्ने बताए । अधिकारीले देशमा आवश्यक र जनपक्षिय काम भन्दा विदशीहरुको योजनाको भण्डाफोर गर्नु पर्ने धारणा राखे ।



















आफ्नो प्रतिकृया दिनुहोस्