१७ मंसिर, काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको समयको माग एकताको रहेको बताएका छन् । सोमबार ‘नेपालको राजनीतिमा विदेशी हस्तक्षेप’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासन बाट देशलाई मुक्त तुल्याउनको निम्ती एकता हुन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘एकताको सत्यता नै आत्मियता हो । अहिलेको समयको माग एकता हो । एउटा बलियो राष्ट्रवादी प्रजातन्त्रिक सत्य आउन जरुरी छ । जनता लाई दिनै पर्छ हामीले । त्यो दिनको नीमित्त मन, बचन, कर्मले तयार हुनु पर्छ । कुनै किसिमको स्वार्थ, सर्त र चाहना म बाट छैन । मात्र हामीले भ्रष्ट व्यवस्था र भ्रष्ट शासन बाट देश लाई मुक्त तुल्याउनको निम्ती एकता गर्नै पर्ने अवस्था छ ।’
साथै उनले दुर्गा प्रसाईं लगायतका सबै शक्तिहरु एक ठाउँमा आउनु पर्ने बताए । उनले हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न चाहने तथा भ्रष्टाचार नियन्त्रण गरेर सुशासनको माध्यम बाट सबल र समृधि नेपाल निर्माण गर्न चाहने सबै लाई एकताबद्ध हुन आग्रह गरे ।



















आफ्नो प्रतिकृया दिनुहोस्