६ चैत्र,जनकपुरधाम: नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन चैत ७ देखि ९ गते सम्म जनकपुरधाममा हुने भएको छ।
मञ्चका अनुसार महाधिवेशन जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राज किशोर यादवको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष ताहिर हुसेनको अध्यक्षता तथा महाधिवेशन मूल तयारी समितिका संयोजक लालबाबु यादवको संयोजन रहने छ।
देश भरका निजामती कर्मचारीको सहभागिता रहने महाधिवेशन लाई भव्य रूपमा सफल बनाउन मञ्चले केन्द्रीय, प्रादेशिक, विभागीय तथा जिल्ला तहका सम्पूर्ण सदस्यहरू र शुभेच्छुकलाई उपस्थित हुन आह्वान गरेको छ।
मधेशी निजामती कर्मचारीहरूको साझा संगठन मानिने नेपाल मधेशी निजामती कर्मचारी मञ्चले यस महाधिवेशन मार्फत नयाँ नेतृत्व समेत चयन गर्ने जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्