Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रथम राष्ट्रिय शिक्षा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १२, २०८२
In शिक्षा
0

१२ असार,जनकपुर ।प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा जनकपुरधाममा दुई दिन सम्म चलेको सम्मेलन समाप्त भएको छ ।

सम्मलेनमा शिक्षाको स्तरमा सुधार गर्नका लागि देशै भरि बाट आएका शिक्षावीद, विभिन्न शैक्षिक निकायका प्रमुख, शैक्षिक निकायका पदाधिकारीहरु बीच छलफल गरिएको थियो । त्यस्तै मधेश प्रदेशको शिक्षाको स्तरोन्नतीका लागि शिक्षावीदहरुले आ–आफ्ना बीचार प्रस्तुत गरेका थिए ।

प्रतिबद्धताहरू

१.मधेश प्रदेश शिक्षानीति, २०८१ को कार्यान्वयन : आवश्यक कानूनी पूर्वाधार तयारी र स्रोत व्यवस्थापन गरी प्रदेश शिक्षा नीतिको सफल कार्यान्वयन गरिनेछ ।

२. विद्यालय बाहिर रहेका जनसंख्याको समावेशीकरण: विद्यालय वाहिर रहेका जनसंख्यालाई विद्यालयएवम् सीप विकास विद्यालयमा समावेश गरी रोजगारी र आत्मनिर्भरता अभिवृद्धिको माध्ययमबाट जनशक्तिमा परिणत गर्न आवश्यक साझेदारी तथा सहकार्य गरिनेछ ।

३. पहुँच, सहभागिता र सिकाइ सुनिश्चता: तीनै तहको सरकार र अन्य साझेदारहरुको समन्वय र सहकार्यमा शिक्षामा विद्यमान पहुँच सहभागिता र सिकाइ उपलब्धिको सबाल लाई सम्बोधन गरिनेछ ।

४. क्षेत्रीय सम्भाव्यतामाआधारित उद्यमशीलता प्रवद्र्धन: स्थानीय सम्भाव्यता पहिचानका लागि क्षेत्रगत सर्वेक्षण गरी सोही आधारमा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न लाई सहकार्य गरिने छ ।

५. विश्व विद्यालय नियुक्तिमा पारदर्शिता र मापदण्ड: विश्वविद्यालयमा नियुक्तिका लागि एकीकृत विश्वविद्यालय सेवा आयोग मार्फत मापदण्ड विकास र कार्यान्वयन गरिने छ, जसले योग्यता र पारदर्शितामा आधारित छनोट सुनिश्चित गर्न पहल गरिने छ ।

६. निरन्तर अनुगमन र जवाफदेहिता: शैक्षिक संस्थाहरुको सम्पत्तिको दुरुपयोग निरुत्साहित गर्न निरन्तर अनुगमन प्रणाली लागू गरिने छ ।

७. पारदर्शिता: नीति. सेवा र प्रक्रिया सम्बन्धी सम्पूर्ण जानकारी वेबसाइटमा सार्वजनिक गरिने छ, जसले सेवा प्राप्तिमा सहजता र पारदर्शिता सुनिश्चित गर्ने छ ।

८. सीप विद्यालय र एकिकृत विश्वविद्यालय सेवा आयोगका लागि कानुनी सुधार: सीप विद्यालय स्थापना तथा एकीकृत विश्वविद्यालय सेवा आयोगको गठनका लागि आवश्यक ऐन संशोधन गर्न पहल गरिने छ ।

९. प्रदेशले स्थापना गरेको विश्विद्यालयहरुको सवलीकरण: प्रदेशले स्थापना गरेको विश्वविद्यालयहरुको सबलीकरण गर्नको लागि पूर्वाधार अनुसन्धान, जनशक्ति तथा स्रोत व्यवस्थापनमा आवश्यक सहयोग गरिने छ ।

१०. शैक्षिक संस्थालाई सशक्तिकरण: सबै शैक्षिक संस्थाहरूलाई व्यवस्थित र आत्मनिर्भर सञ्चालनका लागि सशक्तिकरण र आवश्यक सहयोग प्रदान गरिने छ ।

  • 29shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

शिक्षा

धनुषामा शान्त र व्यवस्थित रूपमा एसइई परीक्षा सुरु

चैत्र १९, २०८२
शिक्षा

भोली देखि एसइइ परीक्षा शुरु, मधेश प्रदेशमा पनि व्यापक तयारी

चैत्र १८, २०८२
शिक्षा

पूर्वी पहाड र मधेशका विद्यार्थीलाई राहत : जनता क्याम्पसमा छात्रावास निर्माण शुरु

चैत्र १४, २०८२
शिक्षा

मधेशमा एसईईको तयारी पूरा, ८७ हजार भन्दा बढी विद्यार्थी सहभागी हुँदै

चैत्र १२, २०८२
शिक्षा

ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयद्वारा बृहत् शैक्षिक मेला–२०८२ सम्पन्न

माघ ८, २०८२
शिक्षा

काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुन: सञ्चालनमा

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend