Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ २४, २०८२
In पार्टी खबर 
0

२४ माघ ,जनकपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका सबै उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने भएको छ।शनिबार जनकपुरधाममा रास्वपा द्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार मनिस झाले उक्त जानकारी दिएका हुन्।

कार्यक्रममा बोल्दै प्रवक्ता झाले अन्य पार्टीहरूको घोषणा पत्रको सट्टा रास्वपाले ‘वाचापत्र’ सार्वजनिक गर्ने निर्णय गरेको बताए। उनका अनुसार, चुनाव जिते पछि गर्ने तथा नगर्ने कामहरूको स्पष्ट प्रतिबद्धता उल्लेख गरिएको करारपत्र उम्मेदवारहरूले हस्ताक्षर सहित पार्टी केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ।

झाले कुनै पनि उम्मेदवार माथि भ्रष्टाचारको आरोप पुष्टि भए आजीवन पार्टीबाट निष्कासन गरिने स्पष्ट चेतावनी दिए। साथै उम्मेदवारहरूको निजी बैंक खाताको निगरानी पनि केन्द्रीय कार्यालयबाट गरिने जानकारी दिए।

प्रवक्ता झाले आफू अधिकतम १० वर्ष मात्रै सक्रिय राजनीतिमा रहने र त्यसपछि नयाँ पुस्तालाई अवसर दिने योजना रहेको बताए। भविष्यमा प्रशिक्षकको भूमिकामा रहेर नयाँ पुस्तालाई विकास र राजनीति सम्बन्धी प्रशिक्षण दिने उनले उल्लेख गरे।

आसन्न निर्वाचनमा रास्वपाको लक्ष्य जित हासिल गर्नु मात्र नभई ऐतिहासिक मत प्राप्त गर्नु रहेको उनले बताए। मधेश प्रदेशबाट सबैभन्दा बढी मत ल्याएर संसदमा मधेशको राजनीतिक शक्ति स्थापित भएको सन्देश दिने उद्देश्य रहेको पनि उनले बताए।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २०० भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका थिए।

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पार्टी खबर 

एमाले संसदीय दलको नेता बने राम बहादुर थापा बादल

चैत्र १८, २०८२
पार्टी खबर 

एमाले धनुषाको चेतावनी: “ओलीको गिरफ्तारी राजनीतिक प्रतिशोध, अविलम्ब रिहा गर”

चैत्र १५, २०८२
पार्टी खबर 

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश

माघ २८, २०८२
पार्टी खबर 

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२
पार्टी खबर 

वरिष्ठ नेता बालेनद्वारा सुर्खेतमा उम्मेदवारसँग परामर्श

माघ १७, २०८२
पार्टी खबर 

निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : सभापति थापा

माघ १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend