Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै, जनकपुरका शिवालयमा रातभर जाग्राम

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ३, २०८२
In विविध
0

३ फागुन ,काठमाडौं/जनकपुर । फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । धार्मिक परम्परा अनुसार चतुर्दशी तिथिमा भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने चलन रहेकाले देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ ।

त्यस्तै, मधेश प्रदेशको धार्मिक नगरी जनकपुरधाममा पनि महाशिवरात्रि पर्व विशेष श्रद्धा र उत्साहका साथ मनाइएको छ । जनकपुरधामका बाबा भोलेनाथ मन्दिर, शिव मन्दिर, मटिहानी, धनुषा तथा आसपासका शिवालयहरूमा साँझदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ । भक्तजनहरूले व्रत, उपवास र विशेष पूजा–आराधना गर्दै दूध, बेलपत्र र धतुरो अर्पण गरेका छन् ।

धार्मिक मान्यता अनुसार आज रातभर जाग्राम बसेर शिवजीको पूजा गरे सुख–शान्ति तथा मोक्ष प्राप्त हुने विश्वास रहेको छ । जनकपुरधाममा भजन–कीर्तन, आरती र धार्मिक कार्यक्रमहरू रातभर सञ्चालन हुने आयोजकहरूले बताएका छन् ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा आज दिनभर भक्तजन, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ । छिमेकी देश भारतबाट समेत हजारौँ श्रद्धालु पशुपतिनाथ दर्शनका लागि काठमाडौं आएका छन् ।महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान २ बजेदेखि खोलिएका थिए ।

पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरो लगायत लागुपदार्थ निषेध गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । पशुपतिनाथसँगै गोकर्णेश्वर, डोलेश्वर महादेव लगायत उपत्यकाका शिवालय तथा राजधानी बाहिरका विभिन्न मन्दिरहरूमा पनि आज रातभर पूजाआराधना भइरहेको छ ।

  • 55shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend